रिटर्नी माइग्रेन्ट नेपालको दोस्रो जिल्ला सम्मेलन , सन्तोष अर्यालको नेतृत्वमा नयां समिति गठन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

तिलोत्तमा,
सबै नेपाली रिटर्नी हरुको साझा छाता संगठन रिटर्नी माइग्रेन्ट नेपालको दोस्रो जिल्ला सम्मेलन नयां नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । लुम्विनी प्रदेश सांसद भुमिश्वर ढकालको प्रमुख आथित्यमा भएको कार्यक्रममा ढकालले विदेशबाट फर्किएका ब्यक्तिहरुले भोग्नुपरेका समस्या र समाधानका लागि यो संस्थाले महत्वपुर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहांले रोजगारका लागि विदेश पुगेका युवाहरुलाई नेपाल फर्काउन समेत प्रतक्ष वा अप्रतक्ष रुपमा काम गर्नसक्ने बताउनुभयो । ढकालले आप्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

सीता बश्यालको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले विदेश जानु बाध्यता हो समाधान होईन भन्ने संस्थाले बुझाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रिटर्नी माईग्रेन्ट नेपालका केन्द्रिय महासचिव कृष्ण न्यौपाने, सुद्दोधन गांउपालिकाका प्रमुख विष्णु प्रसाद बश्याल, समरिमायी गांउपालिकाका प्रमुख बिनोद कुमार श्रीवास्तव, नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्त, यादव सुबेदी, उद्योग बाणिज्य संघ बुटवल अध्यक्ष उज्वल कसजु, सन्तोष अर्याल,लक्ष्मण पौडेल लगायतले बोल्नुभएको थियो ।

यसैगरी सम्मेलनले सन्तोष अर्यालको अध्यक्षतामा नयां नेतृत्व समेत चयन गरेको छ । जसमा उपाध्यक्षमा अजय चापागाइर्,ं सचिबमा लक्ष्मण पौडेल,सहसचिव राजेश बस्याल,कोषाध्यक्ष सीता पान्डे,सदस्यमा भगवती अर्याल,कल्पना पाइजा क्षेत्री,हरि खत्री,कलाधर घिमिरे लगायत चयन हुनुभएको छ ।


प्रकाशित : २०८० असार २४, आईतवार १८:१४