हरि आचार्य, कपिलवस्तु
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय ओदारी कपिलवस्तुले एक कार्यक्रम आयोजना गरि बिमा बापतको क्षतिपूर्ति रकम हस्तान्त्रण गरेको छ । कपिलबस्तु जिल्ला बाणगंगा नगरपालिका वडा नं.४ सिद्दिपुर महिला समूह सदस्य स्व.पार्बता नेपालीको ट्याक्टरको थ्रेसरमा परी गत चैत्र ३० गते दुर्घट्नामा परि मृत्यु भएकाले संस्थाको नियआनुसार प्राप्त गर्ने बिमा क्षतिपुर्ती बापतको रकम उहाँका श्रीमान सेते सार्की लाई हस्तान्त्रण गरिएको हो ।
८ लाख १६ हजार ६० रुपैयाँ बराबरको चेक बाणगंगा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष छबिलाल रेश्मी मगरले हस्तान्त्रण गर्नुभएको संस्थाले जानकारी दिएको छ ।
साथै उक्त अवसरमा संस्थाले प्रदान गर्ने अन्य सेवाहरु सुत्केरी भत्ता बापतको रकम, पशु बिमा क्षतिपुर्ती बापतको रकम, दैबी प्रकोपमा परेका सदस्यलाई दिईने सुबिधा, परिवारका सदस्यलाई प्राणघातक रोग लागेमा दिईने उपचार राहत, ग्राहक सदस्यका छोराछोरीलाई दिईने छात्रवृत्ति लगायतका सुबिधा बारेमा ओदारी शाखा प्रबन्धक ईश्वर चन्द चौधरीले प्रष्ट पार्नुभयो ।
वडा अध्यक्ष रेश्मीले निर्धन उत्थान लघुवित्तले यसरी ग्राहक सदस्यको घरदैलो मै आई सहजै सेवा सुबिधा प्रदान गरेकोमा धन्यबाद प्रकट गर्नु भयो । उहाँले संस्थाले निम्न स्तरका समुदायको आर्थिक स्तर उकास्ने खालका कार्य गर्दै आएको र आगामी दिनमा निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले देशका ७७ वटै जिल्लामा १ सय ८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।