ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्रदेशमै प्रथम ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलद्धारा एसईई परिक्षामा उतीर्ण विद्यार्थीलाई अभिनन्दन

Lumbini Darpan 2 २०८० असार २६, मंगलवार २०:०२
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

एस.ई.ई.परिक्षा २०७९ मा लुम्बिनी प्रदेशमै प्रथम हुन सफल कपिलवस्तुको वाणगंगा नगरपालिका २ राजपुर स्थित ज्ञानपुञ्ज ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले उतीर्ण विद्यार्थीहरुलाई अभिभावक सहित अभिनन्दन तथा सम्मान गरेको छ । उतीर्ण ३३ जना विद्यार्थीहरुलाई अभिनन्दन समारोहको आयोजना गरि खादा, टिका तथा सम्मान पत्र सहित सम्मान गरिएको हो । त्यस्तै कक्षा १० मा अध्यापन गराउने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

अन्तराष्ट्रिय स्कुल अवार्ड (आई.एस.ए) मान्यता प्राप्त ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका ३३ जना विद्यार्थीहरु मध्ये ३.९५ अधिकतम जिपिए २ जना सहित १९ जना ए प्लस, १२ जना ए, २ जना बि प्लस ग्रेडमा उतीर्ण भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अभिनन्दन समारोहका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै ज्ञानपुञ्जको उत्कृष्ट नतिजन प्रति विद्यालय प्रति नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । अर्यालले बाणगंगाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । मेयर अर्यालले नगरपालिकाले विगत देखिनै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर प्रभावकारी योजना बनाई बजेट विनियोजन गरेकाले अहिले शैक्षिक अवस्था सुधार हुंदै गएको र नतिजा पनि राम्रो आएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपाालिका वडा नं. २ का वडाध्यक्ष, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, नेपाल सरकारका पुर्व उप सचिव बाबुराम भट्राईले शुभकामना मन्तब्य मार्फत उतीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उच्च शिक्षा अध्ययनका लागि बाणगंगा नगर बाहिर जान आवश्यक नपर्ने बताउनुभयो ।

उहाँहरुले विद्यालयले आगामी दिनमा पनि अझै शैक्षिक स्तर उकास्नका लाागि सदैव लागिरहने बताउनुभयो ।

उतीर्ण विद्यार्थी सुशान्त भुसाल अभिभावक टिकाराम भुसाल, सीता भण्डारीले मन्तब्य राख्दै ज्ञानपुञ्ज यो क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था रहेको बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल पाण्डेले प्रदेशमा सबै विद्यालयको समग्र नतिजा बुझ्दा ज्ञानपुञ्जका छात्रछात्राको नतिजा राम्रो आएकाले यस नतिजाले उत्साहित बनाएको र उत्कृष्ट नतिजा प्राप्त गर्न अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, अभिभावक सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।

विद्यालयका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरेले स्वागत मन्तब्य राख्दै यो नतिजा आशादित रहेको बताउँदै उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि नतिजालाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले विद्यालयका शैक्षिक स्तर गुणस्तरिय बनाउन स्थानीय सरकार, विद्यार्थी, अभिभावक, शिक्षक सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका अध्यक्ष पदमलाल अधिकारीले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै यसपटक विद्यालयले प्रदेशमा उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताउनुभयो । अध्यक्ष अधिकारीले सम्पुर्ण विद्यार्थीहरुको सफल शैक्षिक भविष्यको कामना गर्दै विद्यालयको शिर उचो राख्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यबस्थापन समितिका पदाधिकारी, सदस्य, निवर्तमान समितिका पदाधिकारी, सदस्य, लेखा समितिका पदाधिकारी तथा सदस्य, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक बिनोद नेपालले गर्नुभएको थियो ।

 


प्रकाशित : २०८० असार २६, मंगलवार २०:०२

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech