प्रदेशमै प्रथम ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलद्धारा एसईई परिक्षामा उतीर्ण विद्यार्थीलाई अभिनन्दन

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

एस.ई.ई.परिक्षा २०७९ मा लुम्बिनी प्रदेशमै प्रथम हुन सफल कपिलवस्तुको वाणगंगा नगरपालिका २ राजपुर स्थित ज्ञानपुञ्ज ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले उतीर्ण विद्यार्थीहरुलाई अभिभावक सहित अभिनन्दन तथा सम्मान गरेको छ । उतीर्ण ३३ जना विद्यार्थीहरुलाई अभिनन्दन समारोहको आयोजना गरि खादा, टिका तथा सम्मान पत्र सहित सम्मान गरिएको हो । त्यस्तै कक्षा १० मा अध्यापन गराउने शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।

अन्तराष्ट्रिय स्कुल अवार्ड (आई.एस.ए) मान्यता प्राप्त ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलका ३३ जना विद्यार्थीहरु मध्ये ३.९५ अधिकतम जिपिए २ जना सहित १९ जना ए प्लस, १२ जना ए, २ जना बि प्लस ग्रेडमा उतीर्ण भएको विद्यालयका प्रिन्सिपल सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अभिनन्दन समारोहका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले उतीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै ज्ञानपुञ्जको उत्कृष्ट नतिजन प्रति विद्यालय प्रति नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । अर्यालले बाणगंगाको शैक्षिक अवस्था क्रमशः सुधार हुंदै गएको बताउनुभयो । मेयर अर्यालले नगरपालिकाले विगत देखिनै शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर प्रभावकारी योजना बनाई बजेट विनियोजन गरेकाले अहिले शैक्षिक अवस्था सुधार हुंदै गएको र नतिजा पनि राम्रो आएको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बाणगंगा नगरपाालिका वडा नं. २ का वडाध्यक्ष, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी, नेपाल सरकारका पुर्व उप सचिव बाबुराम भट्राईले शुभकामना मन्तब्य मार्फत उतीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उच्च शिक्षा अध्ययनका लागि बाणगंगा नगर बाहिर जान आवश्यक नपर्ने बताउनुभयो ।

उहाँहरुले विद्यालयले आगामी दिनमा पनि अझै शैक्षिक स्तर उकास्नका लाागि सदैव लागिरहने बताउनुभयो ।

उतीर्ण विद्यार्थी सुशान्त भुसाल अभिभावक टिकाराम भुसाल, सीता भण्डारीले मन्तब्य राख्दै ज्ञानपुञ्ज यो क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्था रहेको बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल पाण्डेले प्रदेशमा सबै विद्यालयको समग्र नतिजा बुझ्दा ज्ञानपुञ्जका छात्रछात्राको नतिजा राम्रो आएकाले यस नतिजाले उत्साहित बनाएको र उत्कृष्ट नतिजा प्राप्त गर्न अहोरात्र खट्नुहुने शिक्षक, कर्मचारी, अभिभावक सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।

विद्यालयका प्रबन्ध निर्देशक रोमाकान्त घिमिरेले स्वागत मन्तब्य राख्दै यो नतिजा आशादित रहेको बताउँदै उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि नतिजालाई कायम राख्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले विद्यालयका शैक्षिक स्तर गुणस्तरिय बनाउन स्थानीय सरकार, विद्यार्थी, अभिभावक, शिक्षक सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालयका अध्यक्ष पदमलाल अधिकारीले कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै यसपटक विद्यालयले प्रदेशमा उत्कृष्ट नतिजा ल्याएर खुसी छरेको बताउँदै आगामी दिनमा अझै राम्रो गराउने बताउनुभयो । अध्यक्ष अधिकारीले सम्पुर्ण विद्यार्थीहरुको सफल शैक्षिक भविष्यको कामना गर्दै विद्यालयको शिर उचो राख्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यबस्थापन समितिका पदाधिकारी, सदस्य, निवर्तमान समितिका पदाधिकारी, सदस्य, लेखा समितिका पदाधिकारी तथा सदस्य, अभिभावक, विद्यार्थी लगायतको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन शिक्षक बिनोद नेपालले गर्नुभएको थियो ।

 


प्रकाशित : २०८० असार २६, मंगलवार २०:०२