गुणस्तरिय स्वास्थ्य सेवामा ‘चन्द पोलिक्लिनिक प्रा.लि.’ ब्राण्ड बन्न सफल

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
चन्द पोलिक्लिनिक प्रा.लि.ले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरेकाले स्वास्थ्य सेवाका लागि यहाँका स्थानीयहरु आकर्षित भएका छन् । वि.स. २०७८ भदौ ४ गते कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ चार नम्बर तौलिहवा रोडमा स्थापना गरिएको चन्द पोलिक्लिनिक प्रा.लि. ले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । स्थापना पछि निरन्तर गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरेसंगै कपिलवस्तु मात्र नभई छिमेकी अन्य जिल्लाका नागरिकहरु पनि यहाँ आउने गरेका छन् ।

पोलिक्लिनिकमा स्वास्थ्य जाँच गर्ने र परामर्श लिनेको दैनिक लाइन देखिन्छ । २४ सै घण्टा इमर्जेन्सी दैनिक ओपिडी, इसिजी, ल्याव परीक्षण, भिडियो एक्सरे र डिजिटल एक्स, माइनर सर्जरी र अर्पेसन, विश्वासिलो फार्मेसी सेवा प्रदान गरेको कारण विरामीले आफूलाई विश्वास गरेको पोलिक्लिनिकका सञ्चालक डाक्टर दिपेन्द्र चन्दले लुम्बिनी दर्पणसंग बताउनुभयो ।

अहिले क्लिनिकमा ५ वेडको इर्मजेन्सी कक्ष छ भने १४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । आफूसहित ४ जना स्टाफ नर्स, २ जना एचए, २ जना फार्मेसिस्ट, ४ जना ल्याब टेक्निसियन,१ जना सिएमए र १ जना कार्यालय सहयोगीले नियमित रुपमा रोजगारी पाइरहेका छन् ।

यत्ति मात्र होइन क्लिनिकमा सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङगता भएका, अशक्त, असहाय, वृद्धवृद्धा, निकै निम्न आर्थिक अवस्था भएका विरामीहरुलाई विशेष छुटको पनि व्यवस्था गरिएको छ ।

कर्णाली प्रदेशको रुकुमपश्चिमको चौरजाहारी भन्ने ठाउँमा स्थायी घर भई डाक्टर चन्दले कर्मथलो कपिलवस्तु बनाउनुभएको छ भने औपचारिक अध्ययन एमबिबिएस सकेका चन्द सिनियर मेडिकल अफिसर हुनुहुन्छ ।

८ बर्ष कपिलवस्तु सामुदायिक अस्पतालमा स्वास्थ्य सेवा दिनुभएका डा.चन्द वाणगंगामा आफ्नै लगानीमा नीजि चन्द पोलिक्लिनिक संचालन गरिरहनुभएको छ जुन छोटो समयमै स्थापित बन्न पुगेको छ ।

तीव्र रुपमा जनघनत्व बढिरहेको चार नम्बरमा अझै पनि भरपर्दो अस्पताल नभएकालेससानादेखि ठुलै समस्याको उपचार गर्नकै लागि अझै पनि धेरै सर्वसाधारण बुटवल, काठमाण्डौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्न चाहेको डा.चन्दको भनाई छ । सर्वसाधारणको आर्थिक स्थिति र यो बाध्यतालाई चिर्नको लागि आफूले अस्पताल खोल्ने सोँच बनाएको बताउनुभयो ।


प्रकाशित : २०८० असार २९, शुक्रबार १८:४०