तिलोत्तमा नगरको ६ लेनमा फ्रि वाईफाई, करिव १ करोड लगानी बालुवामा पानी

[sharethis-inline-buttons]

तिलोत्तमा

असार ३१

सिद्धार्थ राजमार्ग अन्तरसिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा हाइ स्पिड मा नो कनेक्सन फेल सहितको फ्रि वाईफाईमा नगरको लगानी बालुवामा पानी भएको छ । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन भएपनी कुनै ठाउमा यो वाईफाई राम्रो सगं टिप्टैन ।

देशकै नमुना नगरपालिका तिलोत्तमामा स्वदेश तथा विदेशबाट आएकाहरूको र स्थानीयलाई पनि सहज इन्टरनेट प्राप्तिको लागि यो कार्यक्रम शुभारम्भ गरिएपनी अहिले हाइवे क्षेत्रमा यो वाईफाईले काम गर्दैन । ६ लेनमा यो कार्यक्रम सम्पन्न गर्दा ८५ लाख खर्च लागेको छ ।

 

एक ठाउँमा कनेक्ट भएपश्चात् हाइवेमा इन्टरनेट सुविधा उपलब्ध हुने बताइएपनी तिलोत्तमा १५ का यमुना जि।सि ले दैनिक बुटवल अफीस जादा आउदा आफुले नेट पटक पटक सर्च गर्दा नेटको टावर फेला पर्ने तर काम नगर्ने बताउनु हुन्छ ।

यता तिलोत्तमा ११ का उमेश थारुले पनी नगरपालीका प्रचारमुखी मात्र बनेको बताउनु हुन्छ । उहाले तिलोत्तमा नगरले सडकमा ईन्टरनेट गरेको लगानीको अहिले कुनै अर्थ नरहेको दाबि गर्नु भयो । बरु सडकको सट्टा पार्क मानिसको चहल पहल बढीहुने चोक चोकमा लगानी गरेको भए जनताले लाभ लिन सक्ने दाबि गर्नु भयो ।

६ लेनको ईन्टरनेट नेपाल टेलिकम,सुबिसु, वर्डलिंकबाट आएको आईएसपिको माध्यमबाट ईन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको बताएको छ । इन्टरनेटको लागि पोल पोलमा राउटर राखिएको छ । राजमार्गका पोल पोलमा राउटर राखीए पनी सडकमा यात्रा गर्ने यात्रुलाई फ्रि वाईफाईले काम नगरेपछी  वाईफाई नगरको देखाउने दात मात्र बन्न पुगेको छ ।


प्रकाशित : २०८० असार ३१, आईतवार १८:००