
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाकाले नदिजन्य पदार्थमा मनपरि ठेक्का लगाएर ठेकेदारले गरेको नदिजन्य पदार्थको दोहनको गम्भिर असरहरु देखा पर्दा सम्म नगर बेखबर बनेको छ । तिन वर्ष अघि बाणगंगा नदिमा आएको बाढीले बनगाई कोपवा जोड्ने कजवे भत्काएको थियो । केन्द्र सरकारको बजेटबाट निलगिरी जे.भि कन्ट्रक्सनले ३ करोड बढी लागत बजेटबाट निर्माण भएको बाणगंगा नगरपालिकाले सो वर्ष मापदण्ड मिच्दै लक्ष्मणघाट पुल र बनगाई कोपवा कजवे नजिकैबाट ठेक्का दिदा अनियन्त्रित उत्खनन्ले पनी कजवे भत्किएको बाणगंगा ५ मनहरापुरका स्थानिय पिताम्बर वि.क ले बताए ।
प्रदेशको नदिजन्य कार्यविधिमा पुल र कजवे तथा संरचनाबाट ५ सय मिटर माथि र तल १ किलोमिटर भित्र ठेक्का लगाउन नपाउने कार्यविधि भएपनी मापदण्डको धज्जी उडाउदै नगरले कजवे नै मास्ने गरि ठेक्का लगाएको थियो । अहिले सो क्षेत्रमा आवतजावत समेत बन्द भएको छ । यता बागेश्वरी सामुदायिक वन क्षेत्रमा पनी अहिले त्यस्तै अवस्था देखा परेको छ ।
वागेश्वरी सामुदायिक वनले खाली क्षेत्रमा लगाएको वृक्षारोपणको तारवारमा केहीदिन अघि आएको बाढीले क्षती पु¥याएको छ ।
सो क्षेत्रमा नगरले मनपरि ठेक्का लगाउदा वन क्षेत्र जोखिममा परेको सामुदायिक वनका उपाध्यक्ष भरतराज कार्कीले बताए । उनले नगरले मनपरी ठेक्का लगाउदा सिंचाई क्षेत्र र बनमा गम्भिर असर परेको बताए ।
बन क्षेत्रबाट १ किलोमिटर भित्र, पक्कि पुलको ५ सय मिटर माथि र १ किलोमिटर तल घना बस्तीबाट १ किलोमिटर तल, नदि खोलाको वर्षातको किनारमा आधारित क्षेत्र वरिपरिबाट नदिजन्य पदार्थ निकासी गर्न नपाउने प्रावधान रहेको छ यदी निकाल्ने अवस्था श्रीजना भए नदीजन्य पदार्थ नदि, खोला, र खहरेमा बाढी पहिरोका कारण मिस्कट बालुवा, ढुंगा र माटोजन्य पदार्थ थुप्रिन गई सोको कारण बस्ती तथा भौतिक संरचनामा जोखिम उत्पन्न भएको वा हुनसक्ने अवस्था श्रीजना भएमा विपत व्यवस्थापन समितिसंग परामर्श लिई वा दफा ३६ को उपदफा १ बमोजिमका समितिले यस्ता पदार्थ हटाउनुपर्ने भनी तोकेको स्थानबाट मात्र नदिजन्य पदार्थ निकासी गर्ने व्यवस्था भएतापनी कार्यविधिको धज्जी उडाउदै नगरले वर्षेनी ठक्का लगाउदा यस्ता असरहरु देखा परेका हुन् ।
नगरका कतिपय जनप्रतिनिधिहरु समेत मिलेर लुटको साम्रज्य खडा गर्ने, भ्रष्ट हरुलाई संरक्षण दिने, क्रुर शासकिय प्रवृति र कानुनको धज्जी उडाउदै ठेक्का लगाउने चाहनाले नगर बदनामी हुदै गएको छ । आसा र भरोषा गरेका जन प्रतिनिधिहरुबाटै जनता वाक्क दिक्क बन्न थालेका छन् ।
उक्त क्षेत्रमा लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको सहयोगमा १८ हेक्टर जग्गामा ३० हजार वृक्ष रोपण गरिएको थियो ।