लुम्बिनी प्रदेशः सवारी दुर्घट्ना घट्यो, राजश्वमा वृद्धि (यस्तो छ अवस्था)

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

मोहन बेल्वासे, कपिलवस्तु
हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साँघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा तीव्र गति त्यसमाथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखिमै जोखिमका बीचमा सवारी चालक गन्तव्य लिइरहेका छन् ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा सवैभन्दा बढी रुपन्देहीमा सावरी दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलको तथ्याङ्कमा उल्लेख छ ।

गत माघमा रुपन्देहीमा तीन वटा ट्रक ठोक्किएर भएको दुर्घटनामा तीनै जनाको घट्ना स्थलमै ज्यान गएको थियो । मृत्यु हुनेमा नवलपरासी पाल्हीनन्दन ४ का ३० वर्षीय लालु कुर्मी, ३५ वर्षीय मोबिकन कुर्मी र ना २ ख ८४८१ का चालक सुनसरी चतराका अन्दाजी ३५ वर्षीय पूर्णबहादुर भुजेल रहेका थिए ।

भैरहवा–भुमही सडकको रोहिणी गाँउपालिका–४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका थिए ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशभर ८९२ वटा दुर्घटना भएका छन् । यो तथ्याङ्क अघिल्लो आर्थिक वर्ष २०७८/०७९ भन्दा कम हो । लुम्बिनी प्रदेशका सवै जिल्लामध्ये सवैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् । गत अर्थिक वर्षमा रुपन्देहीमा भएका २ सय २२ दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरि दाङमा धेरै दुर्घटना भएको तथ्याङ्कमा देखा परेको छ । दाङमा १ सय ४८ सवारी दुर्घटना हुदाँ ५५ जनाले ज्यान गुमाएका छन् । त्यसैगरि बाँकेमा १ सय २२ सवारी दुर्घटनामा ५९ जनाको ज्यान गएको छ ।

दुर्घटना हुने जिल्लामध्ये कपिलवस्तु चौथो स्थानमा परेको छ । कपिलवस्तुमा गत आर्थिक वर्ष ०७९/०८० मा १ सय ९ वटा दुर्घटनामा ५५ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७८ /०७९ मा जिल्लामा १ सय १ सवारी दुर्घटना भएका थिए । जसमा ४० जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७९ /०८० मा बर्दियामा ७५ सवारी दुर्घटनामा ३२ ले ज्यान गुमाए , नवलपरासी पश्चिममा ७२ सावरी दुर्घटना हुदाँ ३८ ले ज्यान गुमाएका थिए । सवैभन्दा कम सवारी दुर्घटना पश्चिम रुकुममा भएका छन् । पश्चिम रुकुममा ३ सवारी दुर्घटना हुदाँ ७ जनाले ज्यान गुमाएका थिए । समग्र लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७८ /०७९को तुलनामा आर्थिक वर्ष २०७९ /०८० मा कमी आएको छ । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशभरमा ८ सय ९२ सवारी दुर्घटना हुदाँ ४ सय ६२ जनाले ज्यान गुमाएका थिएभने अघिल्लो आर्थिक वर्ष मा ११ सय ६४ सवारी साधन दुर्घटना हुदाँ ५ सय ५१ जनाले ज्यान गुमाएको तथ्याङ्कमा जनाईएको छ ।

निरन्तर सवारी चालकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएकाले पनि दुर्घटनामा केही कमी आएको हुनसक्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा जनचेतना कार्यक्रम सञ्चालनमा उल्लेख्य वृद्धि भएको र लाभान्वित सख्यातर्फ २३ दशमलव सात प्रतिशतले वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय ले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय डि. एस.पी हुम बहादुर थापा ले साँघुरो सडकमा सवारी धेरै भएकाले पनि दुर्घटना न्यूनीकरणमा समस्या भएको बताए । उनका अनुसार तराईका सडकमा बढ्दो सिटी सफारीको चापका कारण पनि ठूला गाडी कुदाउन समस्या भएको र दुर्घटनाको जोखिम बढेको छ ।

तीव्र गतिमा आउने ठूला सवारीसाधनसँग साँघुरो सडकमा जोगिएर मोटरसाइकल कुदाउन निकै गाह्रो पर्ने र सवारी साधनको संख्या ४ गुना बढ्दा समेत सड्क उत्रै हुनुले पनी समस्या आएको बाणगंगा ७ मा मान बहादुर कार्की बताउछन् । आफूलाई जस्तै अरू साना दुईपाङ्ग्रे सवारी चालकलाई यस्तै समस्या रहेको उनी बताउँछन्।

विगत १० वर्षदेखि हेर्ने हो भने गुणात्मकरूपले सवारी चाप बढिरहेको छ तर राजमार्गको चौडाई बढ्न सकेको छैन, अझ बस्ती क्षेत्रतिर गएर हेर्दा बिस्कुन सुकाउनेदेखि बालबालिका खेल्ने ठाउँसम्म भएको छ सडक । कालोपत्र भएको वर्ष बित्न नपाउँदै खाल्डैखाल्डा भएका सडकहरू पनि प्रशस्तै भेटिन्छन् । राजमार्गमा ठूला सवारीको आतङ्क बेग्लै छ, साना साधन कुदाउँदा जोगिनै हम्मेहम्मे पर्छ ।

विगतको तुलनामा ठाउँठाउँमा प्रहरी चेक पोष्ट तथा सवारी साधन चेक जाँचका लागि कडाइपूर्वक सडकमा खटिएर रहेका टा«फिक प्रहरीको निगरानीले जोखिम न्यूनीकरण भने भएको देखिन्छ ।

सवारी कार्वाही र राजश्व बढ्दो
मापसे गरी सवारी साधन हाँक्दा कारबाही हुनेको संख्या पनि वर्षेनी बढ्दै गएको छ । आव २०७८/७९ मा २८ लाख ४८ हजार ९९ सवारी कार्वाही हुदाँ २० करोड ८९ लाख ८४ हजार ५ हजार राजश्व संकलन गरेकोमा आव २०७९/८० मा सावरी कार्वाहीको संख्या २९ लाख ६३ हजार ४५ पुगेको छ भने २१ करोड ७१ लाख ७४ हजार ५ सय रहेको लुम्बिनी प्रदेश ट्राफिकको तथ्याकमा उल्लेख छ ।


प्रकाशित : २०८० श्रावण १४, आईतवार १५:१४