युवा नेता बस्नेत सहित राष्ट्रिय युवा संघ केन्द्रको टोली कपिलवस्तु आउँदै

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
पुर्व मन्त्री, नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेत कपिलवस्तु आउनुहुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन कमिटी कपिलवस्तुले यहि साउन २१ गते आयोजना गरेको प्रथम बैठक, अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बस्नेत सहित केन्द्र र प्रदेशको जम्बो टोली आउने भएको हो ।

युवा नेता बस्नेत सहित राष्ट्रिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेल, अध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश उत्प्रेरक अमित लामा, महासचिव सुमन पुरि, सचिव खेम शर्मा, प्रदेश संयोजक प्रितम पौडेल सहितको टोली आउने राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन कमिटी कपिलवस्तुका संयोजक कमल क्षेत्रीले जानकारी दिनुभयो ।

कपिलवस्तु जिल्लामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रको जम्बो टोलि पहिलो पटक आउन लागेको जिल्ला संयोजक क्षेत्रीले बताउनुभयो ।

उहाँले साउन २१ गते पिस हिमालय रिसोर्टमा कार्यक्रम आयोजना गरिएकाले उपस्थितीका लागि अनुरोध गर्नुभएको छ ।

कार्यक्रमको सम्पुर्ण तयारी सकिएको संयोजक क्षेत्रीले बताउनुभयो ।


प्रकाशित : २०८० श्रावण २०, शनिबार १७:०१