युवालाई मुल नेतृत्वमा ल्याउन राष्ट्रिय युवा संघ लाग्न आवश्यक : इन्चार्ज बस्नेत

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
युवाहरुलाई मुल नेतृत्वमा ल्याउन संघ लाग्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिटब्ुरो सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले बताउनु भयो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन कमिटी कपिलवस्तुले यहि आइतबार आयोजना गरेको प्रथम बैठक, अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनु भएको हो ।विभिन्न क्षेत्रमा देखाएको आफ्नो गौरवमय उपस्थितिप्रति धन्यवाद ज्ञापन गर्दै मुलुकको समकालिन राजनीतिको बिषयमा प्रस्ट पार्दै राजनीतिमा युवाहरुको भूमिकाको विषयमा चर्चा गर्नु भएको थियो ।

युवा नेता बस्नेतले अन्य दलका युवाहरुलाई पनि युवा संघमा आकर्षित गर्न दत्तचित्त भएर काम गर्न पर्ने बताउनु भयो । पछिल्लो समय मुलुकको राजनीति अस्तिरतातर्फ लम्किरहेको र अबस्थामा नेकपा एमाले भुटानी शरणार्थी, सुन काण्ड भष्टचार जस्ता गतिविधि बढेको अबस्थामा अब देश जोगाउन युवाले भुमिका खेल्नु पर्ने इन्चार्ज बस्नेतले बताउनु भयो । नेपालि काङेस्र पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने लाई एमालेका नेता समेत रहनु बस्नेतले स्वागत गर्नु भएको थियो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सांसद बलाराम अधिकारीले अहिको देश हाक्ने पंक्ति युवा रहेको बताउनु भयो । पार्टीलाई एकताबद्ध बनाउन युवाहरुले खेल्नुपर्ने भूमिका, युवा संघको अबको कार्यदिशा, प्रदेश कमिटीले खेल्नु पर्ने भूमिका, युवा संघका भावी रणनीति आगिमी चुनावमा ल्याउने नतिजा देशको पहिलो पार्टी कसरी बन्न सकिन्छ भन्ने बारेमा युवा संघको भुमिका रहने बताउनु भयो ।


नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जनतासँग नजिक रहने विभिन्न अभियान संचालन गर्नका लागि तयार रहन युवालाई निर्देशन दिनु भयो ।

राष्ट्रिय युवा संघ नेपालका उपाध्याक्ष्य र महासचिव अमित लामा सुमन पुरीले भुटानी शरणार्थी प्रकरणमा सुन काण्डका दोषीलाई कुनै पनि नाममा छुट दिन नहुने कुनै पनि वाहानामा दोषिलाई उम्काउने काम गरेमा राष्ट्रिय युवा संघ लाई मान्य नहुने बताउनु भएको थियो । देशका बिभिन्न घटनालाई निहाल्दै युवा संघ नेपालले ज्ञापन पत्र, सडक आन्दोलका कार्यक्रम गर्दै आएको बताउनु भयो ।

नेकपा एमाले प्रदेस कमिटी सदस्य चक्रपाणी अर्याल, बाबुराम खनाल, नेकपा एमाले युवा संघको प्रदेश कमिटी सदस्य.तुल बहादुर अधिकारी,नेकपा एमाले क्षेत्र नं एक. एक का संयोजक भेषराज पाण्डे लगायतले देश विकासको लागि अब युवाको खाचो रहको जोड दिनु भयो । देशलाई विकासको मुल धारमा ल्याउन युवा नै अगाडि आउनु पर्ने बताउनु भयो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन कमिटी कपिलवस्तुका संयोजक कमल क्षेत्रीले अबको कार्यदिशा, प्रदेश कमिटीले खेल्नु पर्ने भूमिका र युवा संघका भावी रणनीतिका बारेमा प्रकाश पार्नु भएको थियो । प्रथम बैठक, अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा जिल्लाका १० वटै पालिकाका पदाधिकारी संघले जिल्लामा गरेको कामका बारे रिपोटिङ समेत गरेका थिए।

साथै कार्यक्रम पश्चात मधुवन सामुदायिक वनमा बस्नेत सहितको टोलीद्धारा वृक्षरोपण गरिएको थियो जसको संयोजक राष्ट्रिय युवा संघ नेपाल जिल्ला अधिवेशन आयोजक कमिटी कपिलवस्तुका सदस्य दिपक जिसीले गर्नुभएको थियो ।

कार्यक्रममा संगठनका जिल्ला संयोजक कमल क्षेत्रीको अध्यक्षता तथा सदस्य राम प्रसाद भुसालको स्वागत रहेको थियो ।


प्रकाशित : २०८० श्रावण २२, सोमबार १७:३८