अनेरास्ववियु वाणगंगा बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा पौडेल

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) वाणगंगा बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा शिशिर पौडेल चयन हुनुभएको छ । अनेरास्ववियु वाणगंगा बहुमुखी क्याम्पस कमिटीको तेस्रो पुर्ण बैठक शिशिर पौडेलको अध्यक्षतामा १५ सदस्य कमिटी गठन गरि पदभार हस्तान्तरण गरिएको हो । जसको उपाध्यक्षमा उपाध्यक्षमा प्रभाकर क्षेत्रि, सचिवमा प्रदिप पौडेल, सह सचिवमा सुष्मा घिमिरे र मनिषा सेज्वाल, कोषाध्यक्षमा मनिषा अधिकारी चयन भएका छन् ।

बैठकका प्रमुख अतिथि अनेरास्ववियु जिल्ला कमिटी सह सचिव डेविड भण्डारीले नयाँ कमिटीलाई बधाई ज्ञापन गर्दै विद्यार्थीहरुको हक हितमा काम गनुपर्नेमा जोड दिनुभयो ।

क्याम्पस कमिटीका अध्यक्ष अध्यक्ष बिकास भट्टराईले नयाँ कमिटीलाई जिम्मेवारी हस्तान्त्रण गर्दै आफु अध्यक्ष हुंदा सहयोग गर्ने सम्पुर्णलाई आभार व्यक्त गर्नुभयो ।

अनेरास्ववियु जिल्ला कमिटी कपिलवस्तुका सचिवालय सदस्य सुजन पौडेलको विशिष्ठ आतिथ्यता, अनेरास्ववियु बाणगागा नगर अध्यक्ष बिक्की सुबेदी, वाणगंगा बहुमुखी क्याम्पसका सचिव साकार भण्डारीको आतिथ्यमा बैठक सम्पन्न भएको हो ।


प्रकाशित : २०८० श्रावण २५, बिहीबार १७:५४