सामुदायिक वन दिवसः डिविजन वनद्धारा कपिलवस्तुमा वन व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
कपिलबस्तु सहित देशैभर विहीबार सामुदायिक वन दिवस २०८० मनाइएको छ । ‘उत्पादन, रोजगार र समृद्धिका लागि सामुदायिक वन व्यवस्थापन’ भन्ने नाराकासाथ दिवस मनाइएको हो । कार्यक्रममा डिभिजन बन कार्यालय कपिलबस्तुका प्रमुख विजयराज सुवेदीले वनको बहुउपयोगी प्रयोग, दिगो व्यवस्थापन र वनजन्य पदार्थको संरक्षण तथा प्रवर्द्धनबाट देशको समृद्धिमा योगदान पुग्ने बताउनुभयो । उहाले सामुदायिक बन काठ दाउराका लागि मात्रै नभएर दिगो उत्पादन र रोजगारी बढाउदै समृद्धी हांसिल गर्नुपर्नेमा जोड दिनुभयो । सामुदायिक वन विकासको ऐतिहासिक पृष्ठभूमिको बिषयमा जानकारी दिदै उहाले सहभागिहरुको जिज्ञासाहरुको सुझाव दिँदै सामुदायिक वनहरुले कार्यतालिका बमोजिम काम गर्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासघंका केन्द्रिय अध्यक्ष रेनु सेनले बनको दिगोपन विकासले भविष्यका पुष्ताका लागि रोजगारीको अवसर सिर्जना गर्ने बताउउनुभयो । बनको संरक्षण र संवर्धनमा स्थानीय उपभोक्ता नै जागरुक भई समुदायको दिगो विकासमा लाग्नुपर्ने उहाँको भनाई छ ।

यस्तै सहभागिका तर्फबाट त्रिशुली सामुदायिक वनका अध्यक्ष र महिला सहभागिको तर्फबाट निरुपा श्रेष्टले बोल्दै बन जोगाउनमा स्थानीय सक्रिय हुनुपर्ने औल्याउनुभएको थियो । डिभिजन बन कार्यालय कपिलबस्तुको आयोजना सम्पन्न कार्यक्रममा जिल्ला भित्रका सामुदायिक वनका पदाधिकारी तथा सदस्य, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सवडिभिजन बन कार्यालय पिपराका सहायक शिव बहादुर केसीको स्वागत मन्तव्य र डिभिजन बन कार्यालय कपिलबस्तुका सहायक वनअधिकृत खिल बहादुर तामाङको संचालनमा सम्पन्न भएको हो ।


प्रकाशित : २०८० श्रावण २५, बिहीबार १९:११