बाणगंगा नगर स्तरिय हाजिरी जवाफ प्रतियोगितामा ज्ञानपुञ्ज बोर्डिङ्ग प्रथम

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
बाणगंगा नगर स्तरिय हाजिरी जवाफ प्रतियोगिताको उपाधि ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुलले जितेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाणगंगा नगरकमिटीको आयोजनामा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा कपिलवस्तुको बाणगंगा २ राजपुर स्थित ज्ञानपुञ्ज बोर्डिङ्ग स्कुल प्रथम भएको हो ।

जसमा बाणगंगा मावि द्धितीय र हथौसा लिटिल स्टार बोर्डिङ्ग स्कुल तृतीय भएका छन् । प्रथम ज्ञानपुञ्जबाट दिक्षा खनाल, भुवन न्यौपाने र दिव्या गैरे सहभागी थिए ।

त्यस्तै द्धितीय बाणगंगा माविबाट सलिना भुसाल, सन्तोष भुसाल र सुवोध ज्ञवाली तथा तृतीय हथौसा लिटिल स्टारका सागर काफ्ले, विशाल शर्मा र प्रियन्सि वर्मा सहभागी भएका थिए । जस्ले क्रमशः १०, ९ र ८ अंक प्राप्त गरेका थिए ।

प्रतियोगितामा १७ वटा विद्यालयहरुले सहभागी जनाएको आयोजक अनेरास्ववियु बाणगंगा नगरकमिटीका अध्यक्ष विक्की सुवेदीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको मानसिक क्षमता संगै सामान्य ज्ञानमा समेत जानकार गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।


प्रकाशित : २०८० भाद्र १, शुक्रबार १७:५६