जगदिशपुर जलाशय बहुसरोकार मञ्चको अध्यक्षमा पुनः गुरुङ, ११ सदस्यीय समति गठन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
जगदिशपुर जलाशय बहुसरोकार मञ्चको प्रथम बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । जगदिशपुरमा सम्पन्न मञ्चको अधिवेशनबाट पुनः ललित गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा राम शमारे यादव, सचिवमा सुन्दर पाण्डे र कोषाध्यक्षमा शान्ता अर्याल सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

त्यस्तै सदस्यहरुमा उमा दर्जी, नारायण पौडेल, केशवराज अर्याल, करम बहादुर यादव, मुन्सी केवट, सरिता चौधरी, चुन्नीलाल मुराउ चयन हुनुभएको छ ।

अध्यक्ष गुरुङ, सचिव पाण्डे र कोषाध्यक्ष अर्याल पुनः चयन हुनुभएको हो ।
त्यस्तै साधारण सभा तथा अधिवेशनले लेखा समिति र सल्लाहकार समिति निर्माण गर्ने निर्णय समेत गरेको मञ्चका सचिव सुन्दर पाण्डेले जानकारी दिनुभएको छ ।

वि.स.२०६९ सालमा स्थापना भएको जगदिशपुर जलाशय बहुसरोकार मञ्चले विभिन्न सरोकारवाला निकायसंग समन्वय गरि जगदिशपुर तालको संरक्षण, प्रवद्र्धन तथा विकास निर्माण गर्दै आएको छ ।

सोहि अनुसार आगामी दिनमा पनि कार्य गरि यहाँको पर्यटकीय क्षेत्रको विस्तार गर्ने समितिले जनाएको छ ।


प्रकाशित : २०८० भाद्र २, शनिबार १८:२२