करहिया मक्रहर खानेपानीमा पुन यज्ञ गैरेको नेतृत्वमा नयाँ समिति चयन

[sharethis-inline-buttons]

प्रकाश गौतम
भदौ ६

रुपन्देहीको तिलोत्तमा वडा नम्बर आठमा रहेको करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयां नेतृत्व लागीे भएको निर्बाचनबाट यज्ञ गैरेको अध्क्षतामा नयां नेतृत्व चयन भएको छ ।

खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आज सम्पन्न निर्वाचन बाट गैरेको अध्यक्षतामा नयां समिति चयन भएको हो । गैरे निकटतम प्रतिस्प्रधी तुल्सीराम खरेललाई ७५ मतान्तरले पछी पार्दै निर्बाचित हुनु भएको हो । गैरेको १०७ मत र खरेलको ३२ मत रहेको छ । अन्य समितिको पदमा पनि गैरे नेतृत्व कै प्यानलल बिजयी भएको छ । जसको उपाध्यक्षमा शान्ता बस्याल भट्रराई ,सचिवमा निलकन्ठ ज्ञवाली , कोषाध्यक्षमा सरस्वती तिवारी चयन हुनु भएको छ ।

त्यसै गरि लेखा पदमा राज कुमार वाग्ले , लेखा समिति सदस्यमा घनश्याम जैसी सापकोटा , डिल्लराम भट्राई चयन हुनु भएको हो । त्यसैगरि खानेपानिको सेवा क्षेत्र १ देखी ८ सम्मको निर्बाचन बाट पनि १।१ जना संयोजक पनि आजै चयन भएका छन ।

आजको निर्बाचनमा १४७ जना पार्सद मध्ये १४५ जनाले मतदान गरेका थिए ।


प्रकाशित : २०८० भाद्र ६, बुधबार १७:४३