शान्ती, सुशासन र पिडितको पक्षमा ध्यान केन्द्रित गर्नेछु : ईन्स्पेक्टर रायमाझी

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
ईलाका प्रहरी कार्यलय पिपरामा सरुवा भएर आउनु भएका प्रहरी निक्षक गोपाल रायामाझीले शान्ति सुरक्षा कायम गर्न प्रहरीको महत्वपुर्ण भूमिका रहेको बताउनुभएको छ । भर्खर मात्रै सरुवा भएर कपिलवस्तु जिल्लाको ईलाका प्रहरी कार्यालयमा कार्यालय प्रमुखको जिम्मेवारीमा आउनुभएका प्रहरी निरिक्षक रायमाझीले यस ठाँउको आवश्यकतालाई प्रथमिकतामा राखेर जनताको चाहाना अनुसार काम गर्ने बताउदै सबैको सहकार्य र साथको आवश्यकता रहेको बताउनुभयो ।

रायमाझीले महिला बालबालिकाको क्षेत्रमा पनि प्रहरी सधै सक्रिय रुपमा पीडितको साथमा रहेर अनुसनधान कार्यलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ईन्स्पेक्टर रायमाझीले जिम्मेवारी लिएसंगै बाणगंगाका पत्रकार र जनप्रतिनिधिहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना गरि सो कुरा बताउनुभएको हो ।

प्त्रकारहरुले नदीनालाको अबैध दोहनका सन्दर्भका जानकारी गराउदै लागु औषधको हव बनेको राजमार्ग क्षेत्रमा प्रहरीले निगरानी बढाउन आवश्यक रहेको सुझाव दिएका थिए ।

प्रहरीमा लागु भएको बैज्ञानिक मापदण्डक कारण आफू बाणगंगामा परेको वताउदै रायमाझीले यहाँ आउँन पाउदा गर्व लागेको स्पष्ट पार्नु भयो ।
त्यस्तै स्थानीय जनप्रतिनिधिसंग समसामयीक बिषयवस्तु, वर्तमान सुरक्षा अवस्था तथा चुनौती, स्थानीय स्तरमा रहेका अपराधिक गतिविधि र अपराधको प्रकृति विविध बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।

त्यस्तै लागूऔषध दुव्र्यसनी नियन्त्रण, घरेलु हिंसा, लैंगिक हिंसा, आत्महत्या, सडक दुर्घटना, मुख्य सडक तथा शाखा सडकहरुमा सिसि क्यामेराको व्यवस्थापन तथा मर्मत, छाडा पशुचौपायाहरुको दिर्घकालीन समाधानका उपाय लगायत बिषयमा केन्द्रित छलफल तथा अन्तरक्रिया समेत गरिएको हो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायत जनप्रतिनिधिहरुको उपपिस्थती रहेको थियो ।


प्रकाशित : २०८० भाद्र ७, बिहीबार २०:२०