
हरि आचार्य, कपिलवस्तु
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) कपिलवस्तुको आयोजनामा विभिन्न शैक्षिक गतिविधिहरु ग्रिएको छ । प्याब्सन कपिलवस्तुले विद्याथीहरुको मानसिक क्षमता विकास गर्ने उद्देश्यले विधिन्न शैक्षिक प्रतियोगिता सम्पन्न गरेको प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले जानकारी दिनुभयो ।
जस अनुसार आधारभुत तह (१–५), ६–८ र मावि तह (९–१०) सम्म हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ भने कक्षा नर्सरी, एल केजी र युकेजी तर्फ हिज्जे प्रतियोगिता गरिएको छ ।
हिज्जे प्रतियोगितामा शिवगढी ईंङ्गलीस बोर्डिङ्ग स्कुल प्रथम, वेस्ट प्वाईन्ट ईङ्गलीस बोर्डिङ्ग स्कुल द्धितीय र भि.एस.निकेतन ईङ्गलीस बोर्डिङ्ग स्कुल तृतीय भएका छन् ।
त्यस्तै हाजिरीजवाफ आधारभुत तह (१–५) तर्फ हिलबर्ट ईंङ्गलीस बोर्डिङ्ग स्कुल प्रथम, शिवगढी ईंङ्गलीस बोर्डिङ्ग स्कुल द्धितीय र सनराईज ईंङ्गलीस बोर्डिङ्ग स्कुल तृतीय भएका छन् ।
हाजिरीजवाफ आधारभुत तह (६–८) तर्फ ज्ञानपुञ्ज ईंङ्गलीस बोर्डिङ्ग स्कुल प्रथम, सिद्धार्थ विद्या मन्दिर द्धितीय र सोसियल ईंङ्गलीस बोर्डिङ्ग स्कुल तृतीय भएका छन् ।
हाजिरीजवाफ मावि तह (९–१०) तर्फ सनलाईट ईंङ्गलीस बोर्डिङ्ग स्कुल प्रथम, ज्ञानपुञ्ज ईंङ्गलीस बोर्डिङ्ग स्कुल द्धितीय तथा न्यु शिशु ईंङ्गलीस बोर्डिङ्ग स्कुल तृतीय हुन सफल भएका छन् ।
कार्यक्रममा पालिकाबाट छनौट भएका कपिलवस्तु जिल्ला भरका २८ विद्यालयका १ सय ५१ विद्यार्थीहरुबिच प्रतिस्पर्धा भएको र विद्यार्थीहरुले सक्रिय सहभागीता जनाएको प्याब्सन कपिलवस्तुका अतिरिक्त क्रियाकलाप संयोजक टि एन गैरेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
उत्कृष्ट विद्यार्थीहरुलाई हौसलाका लागि पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रिय सदस्य शिव गैरेले प्याब्सन कपिलवस्तुले आयोजना गरेको जिल्ला स्तरिय शैक्षिक कार्यक्रम निकै उदाहरणि रहेको बताउदै उत्कृत विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्नुभयो ।
प्याब्सन कपिलवस्तुका जिल्ला अध्यक्ष सुन्दर पाण्डेले वृहत कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णलाई आभार व्यक्त गर्दै यस संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
प्याब्सन कपिलवस्तुका जिल्ला अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षता, प्याब्सन केन्द्रिय सदस्य शिव गैरेको प्रमुख आतिथ्यता, प्याब्सनका पदाधिकारी तथा सदस्यहरु, जिल्ला भरका विभिन्न विद्यालयका सञ्चालक तथा शिक्षकहरुको उपस्थिती रहेको कार्यक्रम प्याब्सन कपिलवस्तुका कोषाध्यक्ष नन्दराम सापकोटाको स्वागत मन्तब्य तथा प्याब्सन बाणगंगा नगर कमिटी अध्यक्ष सुरेन्द्र पाण्डे र प्याब्सन कपिलवस्तुका अतिरिक्त क्रियाकलाप संयोजक टि एन गैरेको सञ्चालनमा सम्पन्न भएको हो ।

