मन्त्री र कर्मचारीको नियम कानुनले खानेपानी संस्था समस्यामा, सन्दर्भ ः खानेपानी उपभोक्ता महासंघको स्थापना दिवस

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

प्रकाश गौतम
तिलोत्तमा
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको २१ औ स्थापना दिवस आज मनाईएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल रुपन्देहीले आज आफ्नो स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवशरमा बोल्दै खानेपानी रुपन्देहीका डिभिजनल प्रमुख आवेद हुसेनले राज्यको राचारीपनका कारण खानेपानीका योजनाहरु समयमै सम्पन्न हुन नसकेको बताउनु भयो । उहाले राज्यको मन्त्री र कर्मचारी अनुसारका नियम कानुनले खानेपानी संस्थाहरु समस्यामा रहेको दाबि गर्नु भयो ।
कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ लुम्बिनीका महासचिव शालिकराम भन्डारीले प्रदेशका सबै स्थानमा महशुल एकरुपता कामय गर्नु पर्ने बताउनु भयो । उहाले सरकार खानेपानीको क्षेत्रमा थप गैर जिम्मेवार रहेको बताउनु भयो ।
घरेलु तथा साना उद्योग महासंघका महासचिव देवानन्द पान्डेले खानेपानी र सरसफाइको क्षेत्रमा धेरै समस्या र चुनौती रहेको भन्दै यसको नेतृत्व खानेपानी तथा सरसफाई उपभोक्ता महासंघले गर्नु पर्ने बताउनु भयो । करहिया मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरेले खानेपानी उपभोक्तालाई पु¥याएर मात्र संस्थाहरुको जिम्मेवारि पुरा नहुने भन्दै सुद्ध र स्वस्थ पानी घरघरमा पुग्ने वातावरण बन्नु पर्ने स्पस्ट पार्नु भयो । उहाले अहिले बिधुतले फरक निति बनाउने र सरकार एउटै योजना सम्पन्न गर्न १० । १५ बर्ष लगाउने परिपाटीले खानेपानी संस्थाहरु प्रताडित भएको बताउनु भयो । आनन्दबन शंकरनगर खानेपानी संस्थाका अध्यक्ष केशवराज न्यौपाने र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बुटवलका अध्यक्ष मिन प्र न्यौपानेले अब सबै खानेपानीका अध्यक्षलाई तथा कर्मचारीहरुलाई तालीमको ब्यबस्था गर्नु पर्ने बताउनु भयो ।
खानेपानी कर्मचारी महासंघ रुपन्देहीका अध्यक्ष नवराज न्यौपानेले रुपन्देहीका खानेपानी संस्थाहरुका कर्मचारिहरुको सेवासुबिधामा एकरुपता कायम गर्न खानेपानी संसथहरुलाई आग्रह गर्नु भयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल रुपन्देहीका अध्यक्ष धुर्ब कुमार धितालको अध्यक्षता , उपाध्यक्ष कल्पना आर्चायको स्वागत तथा सचिव कृष्ण कडेलको सन्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।


प्रकाशित : २०८० भाद्र १०, आईतवार १९:४२