
मोहन बेल्वासे
भारतले नेपालका विभिन्न क्षेत्रमा अतिक्रमण र प्रयासहरु गरिरहदा कपिलवस्तुमा तीन वर्ष अघि ढलेका सीमास्तम्भ अझै उठन सकेका छैनन् ।
जिल्लाको पश्चिमको सीमा छुट्याउदै बगेको दुई खोलमा ५ सीमा पिल्लर ढलेका छन् । एउटाको टुप्पो भच्चिएको छ । २०७७ साल असार २८ गते खोलामा आएको बाढीले सीमा स्तम्भ क्षतिग्रस्त बनेका स्थानिय बताउछन् ।
झण्डै चार वर्ष भईसक्दापनि सीमा स्तम्भ मर्मतसंभार हुन सकेको छैन् ।
विजयनगर गाउपालिका वार्ड नं. ५ ठाकुरापुर र भारतको बलरामपुर जिल्ला प्रतापपुरको सीमामा रहेका पिलर नं. ५७८/७ र ५७८/१० ढलेका छन् । त्यस्तै वार्ड नं. ७ गेडुवाजोत र प्रतापपुरको सिमा रहेको पिलर नं. ५७७/७ र ५७७/९ ढलेका छन् । उक्त पिलर जहा“ गाडिएका थिए त्यही ढलेको ठकुरापुर प्रहरी चौकीका असई धन बहादुर अधिकारीले बताए । उनका अनुसार त्यस क्षेत्रमा मात्र ४७ वटा सानो ठुलो पिल्लर रहेको बताए । भारतिय एस.एस.बि सहित नेपालका तर्फबाट ससस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ति मासिक त्यस क्षेत्रमा हुने गरेको उनले बताए । सीमा पिल्लर रहेको पिलर नं. ५७८/७ र र ५७८/१० पानी बाहिर देखिएको छ । ५७७/९ पिलरको टुप्पो मात्र देखिन्छ । बालुवाले पुरिएको छ । पिलर नं. ५७७/७ लाई पानीले डुबाएको छ । त्यस्तै विजयनगर गाउ“पालिका वार्ड नं. १ चमरका जंगलमा २ वटा सीमा स्तम्भ क्षति भएको छ । उनीहरुको नम्बर भने थाहा हुन सकेको छैन् । अर्रा खोलामा आएको बाढीले एउटा सीमा स्तम्भ पुरिदै गएका छन् । अर्कोको टुप्पो भाच्चिएको छ । पानी वहाव र बाढीका कारण केही सीमा स्तम्भहरु सरेको विजयनगर का थर्क बहादुर खड्काले बताए । सक्दो छिटो बनाउनु पर्छ नभए यही समस्याले सीमा विवाद हुन सक्छ उनले थपे । आफुहरु ३० वर्ष अघिदेखि त्यसै सिमा आसपासमा घर बनाएर बसेको तर खोलाका कारण र सीमा विवादका कारण त्यहा“बाट केही वर सरेको समेत उनले सुनाए ।
सीमास्तम्भ रेखदेख गर्ने जिम्मा पाएको कपिलवस्तुका सशस्त्र प्रहरीका प्रमुख उपरिक्षक जीवन के.सी ले भने मर्मत सम्बन्धी कार्यविधि आएको र बजेट समेत विनियोजन भएको हुदा“ अव छिट्टै बन्ने बताए । मर्मतका विषयमा उपल्लो निकायबाट कुनै जानकारी आएको र आदेश अनुसार काम हुने हुदा“ वर्खा पछी काम हुने उनले बताउछन् । यस अगाडीका सशस्त्र प्रहरी प्रमुख हरुको समेत यस्तै भनाई रहदै आएको भएपनी हालसम्म मर्मत हुन नसक्नुले आशंका उब्जाएको छ । यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले यो विषय सशस्त्रको जिम्मेवारी भएको हुदा“ उनीहरुलाई बढी जानकारी हुने र मर्मतका विषय अव छिट्टै हुनुपर्ने बताए । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले सरकारले तत्काल पहलकदमी गरेर सिमा रक्षाका लागि लाग्नुपर्ने बताए । स्थानिय निकायका तर्फबाट जिल्ला प्रशासनमा आयोजित कार्यक्रम र सरोकारवाला निकायमा पट्क पट्क सीमा पिल्लर मर्मतका लागि लाग्नुपर्ने कुरा उठान् गरेको भएपनी हालसम्म कुनै पहल हुन नसक्नु दु.खद भएको बताए । सिमा क्षेत्र विकट जंगलमा रहेको हुदा रेखदेखमा समेत समस्या आएको उनको भनाई छ ।
दुई देशको सहमति अनुसार विजोर नम्बर भएको सीमा स्तम्भ नेपालले निर्माण गर्नुपर्ने हुन्छ भने जोर नम्बरको भारतले निर्माण गर्नुपर्ने हुन्छ । कपिलवस्तुमा मुख्य, सहायक र साना गरी ५ सय ३२ वटा सिमा स्तम्भ छन्। ।
सन २०१५ देखि दुई देशका अधिकारीहरूको संयुक्त टोलीले सीमास्तम्भको खोजी कार्य सुरु गरेर भत्केका सीमा स्तम्भ मर्मत गर्ने र नया“ बनाउनुपर्ने स्थानमा दुई देशका अधिकारीहरू सम्मिलित टोलीले नक्सा हेरेर निर्माण गर्ने भनिएको थियो ।
तर अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम भएको र ५ वर्षदेखि उक्त काम अघि नबढेको सरकारी अधिकारीहरू बताउछन्। ।
नापी विभागका अनुसार देशभर नेपाल(भारत सीमा क्षेत्रमा ८,८५३ वटा स्तम्भ रहेका छन्। ।
पहिला बनाएका सीमास्तम्भ पनि हराउन थालेका स्थानीय जनप्रतिनिधि बताउछन्।
वर्षेनी आएको बाढीले सीमापिल्लर पुरिदै गएको र बग्ने जोखिम समेत रहेको स्थानीयबासी बताउछन् । भारतको पट्क पट्कको हेपाहा प्रविृति र पछिल्लो समय लिपुलेक, पुर्वी झापा लगाएत क्षेत्रमा भरतले गरेको व्यवहारले पनी समयमै पिल्लर नउठ्दा र संरक्षणका माध्यम नअपनाउदा स्थानिय ससंकित भएका छन् ।

