एमाले प्रदेश अधिवेशन : कपिलवस्तुबाट थप ४ सहित ७६ प्रतिनिधी

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेकपा एमाले) लुम्बिनी प्रदेश अधिवेशनका लागि प्रदेश स्तरका जनसंगठनबाट ४ प्रतिनिधी छनोट भएसंगै कपिलवस्तु जिल्ला बाट ७६ जनाले प्रतिनिधीत्व गर्ने भएका छन् ।

अधिवेशनका निम्ति प्रदेश स्तरका जनसंगठनबाट प्रतिनिधीको रुपमा भूमिअधिकार श्रमिक संगठनबाट मञ्जु चौधरी, मुस्लिम ईत्याद संगठनबाट रुकैया खातुन, ओविसीबाट सन्तोष कहाँर , लोकतान्त्रिक अपांगठ संगठनबाट हेमनाथ ज्ञवाली चयन हुनुभएको छ ।

प्रदेश स्तरका जनसंगठनबाट ४ जनाले प्रतिनिधीत्व गर्ने अवसर प्राप्त गरेसंगै कपिलवस्तु जिल्लाबाट कूल ७६ जनाले प्रतिनिधीको रुपमा सहभागिता जनाउने भएका छन् ।

अधिवेशनमा महिलाको प्रतिनिधित्व संख्या १७ जना, दलित प्रतिनिधित्व १२ जना र अन्य ४३ जनाले प्रदेश अधिवेशनमा प्रतिनिधीको रुपमा सहभागिता जनाउने एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो ।


प्रकाशित : २०८० भाद्र १३, बुधबार १५:०३