शुद्धाेधन प्रथम बि,लेबल-खुल्ला पुरुष भलिबल प्रतियोगीता सुरु

[sharethis-inline-buttons]

नगेन्द्र केसी

शुद्धाेधन रुपन्देही राष्ट्रका लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद”काे मुल नाराका साथ रुपन्देहीको शुद्धाेधन गाउँपालिका ५ मानपकडी सुरु भएको छ ।

शुद्धोधन भलिबल एकेडेमीकाे आयोजनामा नेपालको राष्ट्रिय खेल भलिबलको सम्बर्द्धन गर्दै स्थानीय स्तरका खेलाडीहरुको खेल स्तर बढाउने उद्देश्यका साथ यस शुद्धोधन भलिबल ऐकेडमी द्वारा जनैपुर्णिमाको अवसरमा आयोजित प्रथम बि,लेबल-खुल्ला पुरुष भलिबल प्रतियोगीता सुरु भएको हो ।

भाद्र १४ देखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सभ्य र भव्य रूपमा सु-सम्पन्न गरिने भएको प्रतियोगिताको विजेता टोलीले २० हजार, ट्रफी र प्रमाणपत्र दोस्रो र तेस्रोले क्रमशः १० हजार र ५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुका साथै विधागत तर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट खेलाडी र उदयमान खेलाडीले समेत नगद रु. २ हजार प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन गरि शुद्धोधन भलिबल ऐकेडमीका अध्यक्ष देवबहादुर बुढाथोकीले जानकारी दिनुभएको थियोे।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा, कपिलवस्तु, स्याङ्जा गरि करिव ५ जिल्लाका २० वटा टिमले सहभागी हुने यस भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यका लागि शुद्दोधन गाउँपालिका-५, मानपकडीमा ‘प्रथम बी लेभल प्रतियोगिताकाे सुरुवात गरिएको खेल संयोजक एवं शुद्दोधन भलिबल एकेडेमीका व्यावस्थापक मान बहादुर बुढाथोकीले बताउनुभयो।

एकेडेमीका बरिष्ठ सल्लाहकार तथा टिम प्रशिक्षक मोति थापाले यस क्षेत्रमा पहिलो पटक बी लेभलको भलिबल प्रतियोगिता आयोजना गरिएको छ।यो प्रतियोगिता निकै रोचक र आकर्षक हुने र भलिबल खेलको विकासका लागि यो प्रतियोगिताकाे आयोजना गर्न पनि निकै चुनौती रहेको बताउदै भलिबल खेलको विकास गर्नु जरुरी भएकाले हामी प्रतियोगिता सञ्चालन गर्न प्रतिबद्ध भएको र यस प्रतियोगिता लाई निरन्तरता दिने र भलिबल खेलाडी उत्पादन गरि राष्ट्रिय स्तरमै खेलका लागि पठाउने यस शुद्दोधन भलिबल एकेडेमीकाे मुख्य लक्ष्य रहेको मोती थापाले बताउनुभयो।

एकेडेमीका सचिव तथा टिम क्याप्टेन अमित मगरले रास्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको सह-आयोजक नेपाल रास्ट्रीय खेलकुद महासंघ शुद्धाेधन गाउँपालिका समिति हालैमात्र गठन गरिएको आफु र आफ्नो टिम उच्च मनोबलका साथ खेल्ने कुराको प्रतिबद्दता व्यक्त गर्दै।खेल हार जित भन्दा पनि आफ्नो खेललाई अनुशासित तवरले प्रस्तुत गर्न समेत सम्पुर्ण टिमका खेलाडीहरुलाई आग्रह गर्नुभएको थियो।


प्रकाशित : २०८० भाद्र १४, बिहीबार १३:३९