, जितपुर
केही समय ने.क.पा मसालमा बाट अलग भएर गुटगत मोटो मशालमा लागेका माधव भाट क्षेत्री अन्तत नेकपा मसालमै फर्किएका छन् ।
विगतमा राष्ट्रिय जनमोर्चा संगै विभिन्न वर्गिय संगठनहरुको नेतृत्व गरेका भाट नेकपा मसालबाट अलग भएको मोटो मशालको जिल्ला प्रवक्ता हुन पुगेका थिए ।
उनले प्रेस वक्तव्य जारी गर्दै आफु भ्रममा परेको र सैद्धान्तिक , राजनैतिक एवं अनुशासनका दृष्टिकोणले नेकपा मसाल नै भएको ठहर गर्दै आफु नेकपा मशालको साधारण सदस्य समेत त्यागेको बताएका छन् । आफु आफ्नो पुरानै पार्टिमा फर्किएको भन्दै अन्य साथीहरुलाई पनी भ्रममा नपर्न र राष्ट्रिय जनमोर्चामा फर्कन आह्वान समेत गरेका छन् । भाटको कदमले पार्टिलाई थप मजबुद बनाएको राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले बताए ।
पुन : मसालमै फर्किए भाट
प्रकाशित : २०८० भाद्र १५, शुक्रबार १७:२४
© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech