राजमो कपिलवस्तुको जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

राष्ट्रिय जनमोर्चा कपिलवस्तुले पाँचौँ जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

२०८० भदौ २० र २१ गते जिल्लाको सदरमुकाम तौलिहवामा हुन लागेको जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला अध्यक्ष दधिराम आचार्यलले जानकारी दिनुभयो ।

त्यस्तै, जिल्ला उपाध्यक्ष रामप्रसाद बेलबासेका अनुसार सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन लेखनकार्यसमेत पूरा भइसकेको छ ।

उहाँले भन्नुभयो– ‘सम्मेलन स्थल व्यवस्थापन, प्रतिनिधि, पर्यवेक्षक छनौट कार्य पनि पूरा भएको छ ।

‘विशेष प्रस्ताव, आगामी कार्यक्रम र आर्थिक प्रतिवेदन लेखनकार्य पनि अन्तिम चरणमा पुगेको छ’ बेलबासेले भन्नुभयो– ‘भोलि भदौ १९ गते बस्ने जिल्ला समिति बैठकले अन्तिम रूप दिई सम्मेलनमा पेस गरिने छ ।’

सम्मेलनमा जिल्लाभरबाट बन्दशत्रमा २०० जना प्रतिनिधि, पर्यवेक्षक उपस्थित हुने गरी छनौट प्रक्रिया पनि पूरा भएको पनि बताइएको छ ।


प्रकाशित : २०८० भाद्र १९, मंगलवार १५:३८