लुम्बिनी हबको ८ औँ एस.क्यू.सि. सम्मेलन ज्ञानपुञ्जमा सम्पन्न, नवौं सम्मेलन भुपू सैनिकमा हुने

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु

क्वेस्ट नेपाल लुम्बिनी हवको आयोजनामा बिद्यार्थी गुणिय चक्रको आठौँ सम्मलेन कपिलबस्तुको ज्ञानपुञ्ज बोर्डिङ स्कुलमा यहि भाद्र २२ र २३ गते सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनमा १५ बिद्यालयका ५ सय बढि बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अथिति प्रतिनिधि सभाका सांसद मनिस झाले बिद्यार्थीहरुलाई आफ्नो लक्ष निर्धारण गरेर अघि बढ्न उत्प्रेरित गर्नुभएको थियो । उहाले बिद्यार्थी जिवनमा हुने असफलताले निरास हुने नभई थप उर्जावान बनेर लक्षमा केन्द्रित हुपर्ने बताउनुभयो । साथै उहाले समास्याको बारेमा चिन्ता गर्न छाडेर समाधानका लागि चिन्तन गर्न आबश्यक हुने बताउनुभयो ।

May be an image of 9 people

बर्तमान परिपेक्षमा बिद्यार्थीहरु बिदेशिएको प्रसंगलाई कोट्याउदै उहाले भन्नुभयो, “हामिले बिद्यार्थी बिदेश गए भनेर चिन्ता गरेर समस्या समाधान हदैन, कि उनीहरुलाई नेपालमै अबसरको सिर्जना गर्न सक्नुपर्छ कि बिदेश गए भनेर चिन्ता गर्न छाड्नुपर्छ ।” आफु परिबर्तन पनि हुन नसक्ने चिन्ता मात्र गर्ने गरेर समास्या समाधान नहुने बहाको तर्क थियो ।

लुम्बिनी हवका संयोजक मिलन भण्डारीको अध्यक्षता, माननीय सांसद झाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ज्ञानपुञ्ज स्कुलका प्राचार्य सुरेन्द्र पाण्डेको स्वागत र बिद्यार्थीहरु दिक्षा खनाल र बिनिता खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

May be an image of 1 person and text

कार्यक्रममा बिशिष्ट अतिथि क्वेष्ट नेपालकी राष्ट्रिय अध्यक्ष शुरिना सुनयनी गुरुङ्ग, बाणगंगा नगरपालिकाकी उपमेयर रिता चोधरी, बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष पदम लाल अधिकारी, लुम्बिनी हबका बरिष्ट सल्लाहकार तथा प्यावसन कपिलबस्तुका अध्यक्ष सुन्दर पाण्डे लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो ।

सो कार्यक्रममा विशिष्ट अतिथिकै रुपमा क्वेष्ट नेपालका बरिष्ट सल्लाहाकार निराजन अधिकारी, सल्लाहार दिपक गौतम, राष्ट्रिय बरिष्ट उपाध्यक्ष नारद रिजाल, उपाध्यक्ष देवराज घिमिरे, एफ.एन.सि.सि.आई. कपिलबस्तुका अध्यक्ष डोलकराम घिमिरे, बाणगंगा नगर शिक्षा समन्वय इकाइका संयोजक खिम बहादुर जिसि, बिद्यालयका प्रवन्ध निर्देशक रोम कान्त घिमिरे, बाणगंगा नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षहरु क्रमसः सञ्जु कुमार शाह र बिष्णु प्रसाद पौडेल, प्याबसन केन्द्रिय सदस्य शिब गैरे,विभिन्न जिल्लाहरुबाट पाल्नुभएका एस क्यू सी माष्टर ट्रनेरहरु लगायतको उपस्थिती रहेको थियो ।

सम्मेलनमा बिभिन्न प्रतियोगितात्मक, अप्रतियोगितात्मक र कार्यशालाहरु सम्पन्न भएका छन । सम्मेलनमा कोलाब्रेटिभ कोलाज, हाजिरी जवाफ, स्पेलिङ बि, कथा लेखन, क्यू।सि ट्विन लगायतका प्रतियोगिता भएका थिए ।

त्यस्तै मेडिटेसन, फोटोग्राफि, लक्ष निर्धारण तथा व्यक्तित्व बिकास लगायतका तालिम साथै पुस्तक लेखन, डिजिटल साक्षरता लगायतका कार्यशालाहरु सञ्चालन भएका थिए भने उक्त तालिमहरुमा क्रमस दुर्गा बहादुर पोखेल, मनिष अर्याल, रोमकान्त घिमिरे, प्रभात केसी र जंग बहादुर खत्रीले सहजिकरण गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा बिद्यार्थीहरुले केस स्टडि प्रिजेन्टेसन, प्यानल डिस्कसन, पेपर प्रिजेनटेसन लगायतका कार्यक्रममा सहभागिता जनाएका थिए । कार्यक्रममा क्वेष्ट नेपालका बरिष्ट सल्लाहाकार निराजन अधिकारीले एस.क्यू.सि. र गुणस्तरिय शिक्षा बिषयमा बिद्यार्थीहरुलाई अभिमुखिकरण गर्नुभएको थियो भने बरिष्ठ उपाध्यक्ष नारद रिजाल र उपाध्यक्ष देवराज घिमिरेले एस.क्यू.सि.का बारेमा प्राचार्य, शिक्षक शिक्षिकाहरुलाई सहजिकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा लुम्बिनि हव कन्भेनसनको स्मारिकाको प्रथम संस्करण प्रमुख अतिथि माननीय झा, विशिष्ट अतिथि सुरिना गुरुङ लगायतका अतिथिहरुद्वारा बिमोचन भएको थियो ।

May be an image of 1 person

कार्यक्रममा बुटवलको देबशिद्ध बोडिङ स्कुल र दाङको गार्खा ईंगलिस पब्लिक स्कुल पर्यवेक्षकका रुपमा सहभागि भएका थिए ।

कार्यक्रमको समापनका अवसरमा बिभिन्न प्रतियोगिताका बिजेता बिद्यार्थी र बिद्यालयलाई पुरस्कार, सहभागिहरुलाई मायाको चिनो र बिभिन्न बिधाका सहभागि र प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरिएको सम्मेलन आयोजक समितिका सचिव मदन मल्लले जानकारि दिनुभयो ।

कन्भेनसनमा सबैभन्दा धेरै विद्यार्थिहरु सहभागी गराएको आदर्श ई.बो.स्कुलले अवार्ड प्राप्त गरेको छ भने , सब‌भन्दा सक्रिय विद्यालयको अवार्ड यूनाईटेड स्टुडेन्ट्स ऐकेडेमि, सबैभन्दा अनुशासित विद्यालयको अवार्ड भूपू सैनिक विद्यालयले र सबैभन्दा मैत्रिपुर्ण विद्यालयको अवार्ड बुद्दशान्ति ईबो स्कुलले प्राप्त गरेको छ ।

May be an image of 4 people and text

नबौँ सम्मेलन भुपू सैनिकमा
यसैबिच लुम्बिनी हवको नबौँ सम्मलेन २०२४ कपिलबस्तुकै भुपु सैनिक स्कुलमा हुने भएको छ । कार्यक्रम समापनपुर्व बसेको सम्मेलन आयोजक समितिको बैठकले अर्को बर्षको सम्मलेन बाणगंगा नगरपालिन ८ बोडगाँउमा रहेको भुपू शैनिक स्कुलले सम्मेलन गर्ने निर्णय गरेको आयोजक समितिका कोषाध्यक्ष महेश पन्थिले जानकारि दिनुभयो ।

कार्यक्रममा भुपू सैनिक बिद्यालय ब्याबस्थापन समिति अध्यक्ष राजेन्द्र बिक्रम शाह र हव कोर्डिनेटर मिलन भण्डारीबिच सम्मेलन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्नुका साथै नबौँ सम्मेलनको झण्डा हस्तान्तरण गरिएको थियो । आगामि सम्मेलनको को कन्भेनर बिद्यालयका प्राचार्य डम्मबर बहादुर सोमै रहनुहुने हव कोर्डिनेटर मिलन भण्डारीले जानकारी दिनुभयो ।


प्रकाशित : २०८० भाद्र २८, बिहीबार ०८:३७