राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कपिलवस्तुको १३ औं साधारण सभा सम्पन्न

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कपिलवस्तुको १३ औं बार्षिक साधारण सभा तथा तीज विशेष सम्पन्न गरेको छ । पिस हिमालय रिसोर्टमा सम्पन्न बार्षिक साधारण सभाले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन पारित भएको छ । साधारण सभामा प्रतिष्ठान कपिलवस्तुका सचिव असिम कंडेल क्षेत्रीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री दामोदर बस्यालले साधारण सभाको सफलताको शुभकामना दिंदै संस्थाले साधारण सदस्यतामा वृद्धि, आफ्नै स्थायी कार्यालय स्थापना गर्नुपर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष बस्यालले प्रतिष्ठान कपिलवस्तुले आगामी दिनमा लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा कलाकारहरुको प्रतिभा प्रस्फुटनमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका प्रथम उपाध्यक्ष दिपक कार्कीले शुभकामना मन्तब्य राख्दै अधिवेशनबाट चुनिएको कार्यसमिति चुस्त दु्रस्त भई समयमै साधारण सभा गरेकोमा धन्यवाद दिनुभयो । समितिका पदाधिकारी, सदस्यहरु एकजुट संस्थालाई बजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश सदस्य तथा कपिलवस्तुका पुर्व अध्यक्ष पुर्ण चन्द्र परियारले अधिवेशनमा जसरी सक्रियता देखियो त्यसरि नै सक्रिय हुन आवश्यक रहेको बताउनुभयो । पदका लागि संस्थामा आवद्ध हुने मात्र नभई संस्थको गरिमालाई उचो बनाउने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो । आफु नेतृत्वमा रहदा गरेको क्रियाकलापको स्मरण गर्दै उहाँले संस्थालाई आवश्यक सहयोगका लागि सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी, नोपली परम्परागत लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष बुद्धिसागर बेल्बासे लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष शारदा खनालले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै आफु एक्लैले केहि गर्न नसक्ने बताउदै सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थामा आवद्ध र आवद्ध नभएका कलाकारहरुलाई पनि समावेश गरि संस्थालाई अगडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठान लुम्बिनी प्रदेश सदस्य तथा कपिलवस्तुका संस्थापक अध्यक्ष पुर्णचन्द्र परियार, २ कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका नि वर्तमान अध्यक्ष थानेश्वर अधिकारी र नि वर्तमान सह सचिव शिव खनाललाई संस्था प्रति गरेको योगदानको मुल्यांकन गर्दै दोसल्ला र सम्मान पत्र सहित सम्मानित गरिएको प्रतिष्ठान कपिलवस्तुका प्रवक्ता हरि आचार्यले जानकारी दिनुभएको छ ।


प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका कोषाध्यक्ष धन बहादुर गुरुङको विशिष्ठ आतिथ्यता, प्रतिष्ठान लुम्बिनी प्रदेश सदस्य रुकु पाण्डे, नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष मोहन बेल्बासे लगायतको आतिथ्यता, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, साधारण सदस्यहरु लगातयको उपसिथती रहेको कार्यक्रम प्रथम उपाध्यक्ष दिपक भण्डारीको स्वागत मन्तब्य तथा सचिव असीम कंडेल क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० भाद्र ३०, शनिबार १९:०२