ताजा अपडेट

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

हिलबर्ट स्कुलमा कपिलवस्तुमै पहिलो पटक ३ दिने रोबोटिक्स तालिम सुरु, के के सिकाईन्छ ?

Lumbini Darpan 2 २०८० आश्विन ४, बिहीबार १९:२५
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
हिलवर्ट इङ्गलीस बोर्डिङ्ग स्कुलले कपिलवस्तुमै पहिलोपटक ३ दिने रोबोटिक्स तालिमको सुरुवात गरेको छ । बाणगङ्गा वार्ड नं. २, पिपरामा अवस्थित यस विद्यालयले विद्यार्थीमा रहेको सृजनशीलता, उद्यमी सोच र अन्वेषणात्मक क्षमता विकास गर्न खालको तालिमको आयोजना गरेको हो ।

जिल्लाको पहिलो ‘क’ बर्गको विद्यालयको रुपमा परिचित हिलबर्टले नेपाल रोबोर्ट एशोसियसनको समन्वयमा विहीवार देखि ६ गते तालिम आयोजना गरेको छ । यो पश्चिम नेपालमै नौलो सुरुवात हो । तालिममा विज्ञान, प्रविधि, आविष्कार, गणित, इन्जिनियरिङ लगायत उद्यमशीलताको विकास गर्दै पढाईलाई प्रविधि सँग जोड्ने काम हुनेछ । एक विद्यार्थी एक सीप भन्ने नाराको साथ विद्यार्थीमा आधुनिक प्रविधिको विकास गराउन यो तालिम महत्वपूर्ण हुने जनाईएको छ ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले विश्व बजारमा प्रतिस्पर्धा गर्ने खालका विद्यार्थीहरू उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले समाज रूपान्तरणमा विद्यार्थीको घोकन्ते शिक्षा भन्दा व्यवहारिक शिक्षा महत्वपूर्ण हुने भएकाले प्राविधिक शिक्षा नै समय सापेक्ष शिक्षा रहेको जिकिर गरे ।

अधिकारीले फरक प्रसङ्गमा बोल्दै व्यवहारिक पक्ष कमजोर हुँदा अहिले देशभरका शिक्षक आन्दोलनमा उत्रिएको बताएका छन् । उनले संविधानमा समावेश भएको कुरा शिक्षा विधेयकमा पेश भएको बताए । उनले शिक्षकका माग सम्बोधन गर्ने हो भने संविधान नै संसोधन गर्नु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले विद्यार्थीहरूको विदेश पलायनलाई रोक्न तिनै तहको सरकार, शिक्षक र अभिभावक गम्भीर हुनुपर्ने बताईन । अहिले पढ्न र सीप सिक्नु आवश्यक रहेको भन्दै सिकाइको लागि व्यवहारिक पक्षलाई विशेष जोड दिनुपर्ने उनको तर्क रहेको थियो ।

शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तु प्रमुख थानेश्वर घिमिरेले आजको आधुनिक वैज्ञानिक युगमा विभिन्न प्रविधिको महत्व रहेको बताउँदै यस्ता कार्य हरेक विद्यालयमा गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै कपिलवस्तु प्याब्सन अध्यक्ष सुन्दर पाण्डेले रोबोटिक्स र आइ.एस.ओ को कार्यमा विद्यालयलाई सफलताको शुभकामना दिदै विज्ञान र प्रविधिको युग तर्फ सबै विद्यालयले ध्यान दिनुपर्ने बताएका छन् । साथै उनले अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने खालका विद्यार्थी तयार गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

सर्टिफिकेट नेपालका म्यानेजर सुदीप शर्मा ले आइ.एस.ओ सर्टिफाइट विद्यालय भैसकेपछि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिस्पर्धामा बिक्न सक्ने बताउँदै लोगो प्राप्त गरेको हिलवर्ट ले सर्टिफाइट हुने गरि काम गर्नुपर्ने बताए । त्यसको लागि विद्यालय परिवार, व्यवस्थापन समिति र समुदायले इमानदार भएर काम गर्नुपर्ने धारणा राखेका थिए ।

विद्यालयले पहिलो चरणमा आइ.एस.ओ सर्टिफाइट लोगो प्रप्त गरेको छ । अव आइ.एस.ओ सर्टिफाइट हुनका लागि विद्यालयले कुल ४२ वटा सूचकहरूमा क्रियाकलापलाई अगाडि बढाएको छ ।

तिन दिन सम्म चल्ने कार्यक्रममा रोबोटिक्स सम्बन्धी तालिममा विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागि बनाई विभिन्न सीपहरू सिकाइने छ । सीप सिक्नका लागि ६५ जना विद्यार्थीहरू सहभागि रहेका छन् ।

कार्यक्रममा विद्यालयका अध्यक्ष दिपक खनालको अध्यक्षता, शिक्षक रविन्द्र पौडेलको स्वागत मन्तव्य र विद्यालयको एकेडेमी डिरेक्टर तथा नेपाली विषय बिभाग प्रमुख तेज प्रसाद आचार्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न विद्यालय र संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विद्यार्थीहरूद्वारा सांस्कृतिक गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो ।


प्रकाशित : २०८० आश्विन ४, बिहीबार १९:२५

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी

वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु

प्रधानमन्त्रीलाई मोबाइलमा सन्देस पठाएका सचिव पुष्कर प्रहरी नियन्त्रणपछि छुटे

वन तथा वातावरण संरक्षण साझा दायित्व : मुख्यमन्त्री आचार्य

लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा

भर्खरै

  • प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष

  • जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech