लुदअ, कपिलवस्तु
हिलवर्ट इङ्गलीस बोर्डिङ्ग स्कुलले मानकीकरणको लागि अन्तर्राष्ट्रिय संगठन (आई.एस.ओ.) लोगो प्राप्त गरेको छ । जिल्लाको पहिलो ‘क’ बर्गको विद्यालयको रुपमा परिचित हिलबर्टले एक कार्यक्रमको अयोजना गरि आई.एस.ओ.लोगो प्राप्त गरेको हो ।
सर्टिफिकेट नेपालका म्यानेजर सुदीप शर्माले आइ.एस.ओ सर्टिफाइट विद्यालय भैसकेपछि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतिस्पर्धामा बिक्न सक्ने बताउँदै लोगो प्राप्त गरेको हिलवर्टले सर्टिफाइट हुने गरि काम गर्नुपर्ने बताउनुभयो । त्यसको लागि विद्यालय परिवार, व्यवस्थापन समिति र समुदायले इमानदार भएर काम गर्नुपर्ने धारणा रख्नुभएको थियो ।
विद्यालयले पहिलो चरणमा आइ.एस.ओ सर्टिफाइट लोगो प्रप्त गरेको छ । अव आइ.एस.ओ सर्टिफाइट हुनका लागि विद्यालयले कुल ४२ वटा सूचकहरूमा क्रियाकलापलाई अगाडि बढाइएको विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेले बताउनुभएको छ ।