उपचार अभावमा टंक फेरी ठेडुल्कोमै

[sharethis-inline-buttons]

मोहन बेल्वासे

४ वर्षअघि ठेडुल्कोबाट उद्धार गरिएका टंक न्यौपानेको अवस्था पुन उस्तै अवस्थामा पुगेको छ । २०७६ सालमा बाणगंगा ६ सुठौली निवासी ३४ वर्षिया युवा टंकलाई मानसिक सन्तुलन गुमाएको भन्दै यसैगरि ठेडुल्कोमा राखिएको थियो । उनलाई लुम्बिनी दर्पण साप्ताहिक, सिधा कुरा जनता संग लगाएत विभिन्न मिडियामा समाचार प्रकाशित भएपछी उद्धार गरि भक्तपुर स्थित मानव कल्याण आश्रममा पु¥याई करिव ८ महिनाको बसाई संरक्षण सहित उपचार पछी सुधार भएर उनी घर फर्किएका थिए ।
त्यहाँबाट घर फर्किएका टंकले घरमा पुरानै लयमा काममा सघाउने, २÷४ पैसा जोहो गरि घरखर्च चलाउन सघाउने समेत गरे तर केही दिन अघि देखि उपचार औषधी नपाएर उनले पुन सन्तुलन गुमाएपछी उनले आफ्नै बाबुलाई चिर्पट प्रहार गरे र घाईते बनाए ।
त्यस लगत्तै उनलाई गाँउलेहरुको सहयोगमा पुन ठेडुल्कोमा राखिएको छ ।

गरिव घर परिवारका उनी उपचार अभावमा यतिवेला पशु भन्दा बढी निरिह जीवन जिउन बाध्य भएका छन् । बाबुलाई हिर्काएपछी गाउँघरमै आतंक बढेकोले ठेडुल्कोमा हाल्नु गरेको स्थानीयहरु बताउछन् ।
काठको जीर्ण चौकी त्यसमाथी २० इन्चीको जत्तीको करिव एक मिटर लामो काठमा दुईवटा फलाम ठोकेर त्यसैभित्र दुई साईडमा खुट्टा नेल जस्तै गरि बलियो गरि ठेडुल्को बनाईएको छ । त्यसैमा उनी कैदीभन्दा कष्टकर दैनिकी विताईरहेका छन् ।

उनकी आमा छोरालाई उपचार सहयोगका लागी काठमाण्डौ सम्म पु¥याउन सहयोग खोज्दै कहिले स्थानीय वडाहरुमा त कहिले गाउँघरका विभिन्न अगुवाहरुका घरदैलोमा विन्ती विसाउदै रुदै कराउदै भौतारिएकी छन् ।

यस्तो अवस्था भएपछी दर्पणकर्मीले उनको जीवन रक्षाका लागी यस अगाडी उनलाई संरक्षण गरेको मानव सेवा आश्रम भक्तपुरमा सम्पर्क गरेका थिए ।
आश्रमकि अध्यक्ष सुमि मावनले आफुहरुलाई टंकको अवस्था थाहा भएको तर आश्रममै आए आफुहरुले सम्पुर्ण पालन पोषण सहित उपचार गर्ने र संरक्षण गर्ने बताईन् । तर आर्थिक अवस्था कमी भएको परिवार संग काठमाण्डौ पुग्ने रकम छैन् । सार्वजनिक बसमा लैजाने अवस्था छैन् । यस अगाडी कपिलवस्तु जेसीजको एम्बुलेन्स सहयोगमा काठमाण्डौ पु¥याईएको थियो । हाल उक्त एम्बुलेन्स पनी केही खराबी आएका कारण काठमाण्डौ पुग्न नसक्ने अवस्थामा रहेको जेसीजका अध्यक्ष अमित घिमिरेले बताए ।


टंकका बाबु फेरि छोरा जाईलाग्ने डरले केही दिन देखि आफन्तको घरमा आश्रय लिईरहेका छनभने यतिवेला टंकका आमा पति संगै छोराको उपचारका लागि विभिन्न निकायसंग हार गुहार विन्ति विलौना गरेकी छन् ।


यसमा नगरले चासो दिनुपर्ने स्थानीयहरु बताउछन् ।

 


प्रकाशित : २०८० आश्विन १०, बुधबार १३:३९