२० घण्टापछि खुल्यो रिडी–रुद्रवेणी सडक

[sharethis-inline-buttons]

लुदअ, गुल्मी
गुल्मीमा पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडक सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर अन्तर्गत रिडी–रुद्रवेणी सडक खण्डमा सडक माथिबाट ठूलो पहिरो खसेपछि बुधवार रातिदेखि यो सडक बन्द भएको थियो ।

स्थानीय प्रशासन र रुरुक्षेत्र गाउँपालिकाको पहलमा २० घण्टापछि एक्स्काभेटरको सहयोगमा सडकमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।

रिडी–रुद्रवेणी–वामीटक्सार हुँदै बाग्लुङको बुर्तिवाङसम्म पुग्ने यो सडक बन्द हुँदा पाल्पा, बुटवलबाट छुटेका गाडी बीच बाटौमै रोकिँदा यात्रु समस्यामा परेका थिए । सडक खुलेसँगै दुवैतर्फका गाडी गन्तव्यतर्फ लागेका छन् ।

यो सडक गुल्मीमा सबैभन्दा बढी गाडी आउजाउ हुने सडक खण्ड अन्तर्गत पर्छ ।


प्रकाशित : २०८० आश्विन ११, बिहीबार २०:१६