‘८ औँ मायादेवी हव कन्भेन्सन’ एस.यु.सी. सम्मेलन भव्यताका साथ सम्पन्न

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ८ लौगाईमा अवस्थित कपिलवस्तु विद्या मन्दिर ‘८ औँ मायादेवी हव कन्भेन्सन’ भव्यताका साथ सम्पन्न भएको छ । विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल (एस.क्यु.सी.) अन्तर्गतको सम्मेलन सम्पन्न गरिएको हो ।

हवमा आवद्ध कपिलवस्तुका ८ विद्यालयका ४ सय विद्यर्थीहरु सहभागी भई विभिन्न विधामा आफ्नो क्षमता प्रस्तुत गरेका थिए भने २ विद्यालयका विद्यार्थीहरु पर्यवेक्षकको रुपमा सहभागी भएको क्वेस्ट नेपाल मायादेवी हवका अध्यक्ष तोलाकान्त डुम्रेले जानकारी दिनुभएको छ ।


सहभागी विद्यार्थीहरुले प्यानल डिस्कसनको क्रममा अतिरिक्त क्रियाकलापमा भाग लिने, विद्यालयमा अनुपस्थित, भाषा शुद्धताको कमी जस्ता केसहरु उठाई आफै समाधानका लागि गर्नुपर्ने उपायहरुको बारेमा स्पष्ट पारेका थिए । जुन क्रियाकलाप एस.क्यु.सी.को महत्वपुर्ण मानिन्छ । त्यस्तै विद्यार्थीहरुको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवम् अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने खालका विभिन्न क्रियाकलापमा विद्यार्थीहरुको उत्साहजनक सहभागीता रहेको थियो । कार्यक्रममा क्विज, हिज्जे, अभिनय, अन्य विधा गरि ९ विधामा प्रतियोगिता गराइएको थियो । उत्कृष्ट सम्पुर्ण विद्यार्थीहरुलाई मायाको चिनो, प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद सुर्य भुसाल तथा समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय ईकाई समिति कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले यो कार्यक्रमले विद्यार्थीहरुमा श्रृजनशील क्षमताको विकास हुने बताउनुभयो । उहाँहरुले यस्ता कार्यक्रम जिल्ला भरि नै आयोजना गरि सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराएमा विद्यार्थीहरुको चौतर्फी विकास हुने बताउदै एस.क्यु.सी. कपिलवस्तुमा अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेश्नल प्याब्सन कपिलवस्तुका सचिव कपिल घिमिरे, विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यापक तथा प्राध्यापकहरुले मन्तब्य राख्दै कार्यक्रमले विद्यार्थीहरुले अत्यन्तै सिक्ने अवसर पाएको र सिक्ने ईच्छा शक्तिमा समेत वृद्धि भएको बताउदै कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो ।

त्यस्तै मायादेवी हव कन्भेन्सनका हव संयोजक तथा स्काईलार्क ईंलीश बोर्डिङ्ग स्कुल तोलाकान्त डुम्रेले कार्यक्रम भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सदस्य विद्यालय, विद्यार्थी, अभिभावक, शिक्षक सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम निकै फलदायी भएको विश्वास व्यक्त गर्नुभयो । कन्भेन्सन मास्टर ट्रेनर समेत रहनुभएका डुम्रेले विदार्थीहरुलाई किताबी ज्ञान मात्र भन्दा अतिरिक्त क्रियाकलपमा समेत सहभागी गराउन सकियो भने उनीहरुको चौतर्फी विकास हुने बताउनुभयो । उहाँले विधार्थीहरुलाई श्रजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन समेत विद्यार्थीहरु सक्षम भएको बताउनुभयो ।

तस्बिरमा ‘८ औँ मायादेवी हव कन्भेन्सन’ एस.यु.सी. सम्मेलन


प्रकाशित : २०८० आश्विन १३, शनिबार १६:१४