प्रतिष्ठानद्धारा प्रकाशक बेल्वासे सहित ३ श्रष्टा सम्मानित

[sharethis-inline-buttons]

लुदअ, गोरुसिंगे
राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान लुम्बिनी नेपालले ५ औं वार्षिक साधारणसभा तथा सष्टा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमको अवसरमा प्रदेशबाट लुम्बिनी दर्पणका प्रकाशक÷प्रबन्ध निर्देशक सहित ३ जनालाई सम्मान गरेको छ ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका २ गोरुसिंगेमा आयोजित प्रदेश साधारणसभा कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गित प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेशको श्रीवृद्धिमा महत्वपुर्ण भुमिका खेलेको र नेपाली लोक संगीतको संरक्षण तथा सम्बद्र्धनमा संचार क्षेत्रबाट अतुलनिय योगदान पु¥याएको भन्दै लोक पत्रकारिता सम्मानबाट संम्मान गरिएको जनाईएको छ । त्यसैगरि नेपाली लोक कला संस्कृति संरक्षण सम्बद्र्धन तथा जर्गेनामा योगदान पु¥याएको भन्दै घोराही उपमहानगरपालिका ९ पोखरा जन्मेका हुम बहादुर डि.सी र बाध्यबादनबाट नेपाली लोक संगीतको संरक्षण गरेको भन्दै अपाङ्खता भएका मान बहादुर नेपाली एम. वि सर्मपण सम्मानित भएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल, लुम्बिनी प्रदेश कार्यक समितिको ५ औ साधारणसभा, श्रष्टा सम्मान तथा विविध साँस्कतिक कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

साधारण सभामा बोन्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठान केन्द्रिय सांगठनिक उपाध्यक्ष सुवास के.सी.ले प्रतिष्ठान गर्विलो इतिहास बोकेको संस्था भएको बताएका छन् । संस्थाले गित संगितको संरक्षण र संवद्र्धनमा उल्लेख्य भुमिका निर्बाह गरेको बताएका छन् । अब हामी संस्था बिस्तार सँगै यसको संस्थागत विकास र नेतृत्व विकासमा पनी लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रमका बिशिष्ट अतिथि दिपक गरौजा मगरले प्रतिष्ठान एउटा सबै कलाकारहरुको साझा संस्था भएको हुनाले यसको दिगोपनाका लागी सबै जना लाग्नु पर्नेै बताएका भन्दै पछिल्लो समय लोक गित संगितको संरक्षण र पुस्तान्तरणमा चुनौती देखिएको बताएका थिए । उनले कलाकारहरुको वास्तविक जीवन आर्थिक संकट संगै झेल्नुपर्नै हुदा देख्दा भन्दा निकै फरक रहेको बताएका थिए । उनले देशका विभिन्न पर्यटकिय क्षेत्र, धार्मिक क्षेत्रको प्रर्बद्धन हुने खालका गित संगित प्रतियोगिताहरुमा गाएर रचनात्मक बन्न कलाकारहरुलाई सुझाएका थिए ।

कार्यक्रममा प्रतिष्ठानका निर्वमान केन्द्रिय सचिव प्रचण्ड जि.सी., केन्द्रिय सदस्य डिल्लीनारायण पाण्डेय, पुर्व केन्द्रिय सदस्य नारायण खनाल लेकाली,प्रतिष्ठान लुम्बिनी प्रदेशका सल्लाहकार राधेश्याम राज भण्डारी, प्रतिष्ठान कपिलवस्तुकी अध्यक्ष शारदा खनाल, बुद्धभुमी उद्योग बाणिज्य संघका अध्यक्ष शुभलाल भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । उत्कृष्ठ जिल्ला शाखाका रुपमा राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल, जिल्ला शाखा पाल्पा र बर्दियालाई सम्मान गरिएको थियो । कार्यक्रमको बन्द शत्रमा प्रतिष्ठान लुम्बिनी प्रदेश सचिव योगराज पोखरेलद्धरा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष धन बहादुर गुरुङद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सबैसहमतीबाट पारित गरिएको छ ।

कार्यक्रमका लोक दोहोरी गायक दिपक भण्डारी,गणेश अधिकारी लगायतका कलाकारको प्रस्तुती रहेको थियो कार्यक्रम प्रतिष्ठान प्रदेश अध्यक्ष दिपु मगरको अध्यक्षता, बरिष्ट उपाध्यक्ष दामोदर बस्यालको स्वागत मन्तव्य र सचिव योगराज पोख्रेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम समन्वय राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुले गरेको थियो ।

 

 


प्रकाशित : २०८० आश्विन १३, शनिबार २०:१९