हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १० स्थित सरस्वती आधारभुत विद्यालयको अध्यक्षको जिम्मेवारी राजेन्द्र कुमार भुसालले पाउनुभएको छ । २०४८ सालमा स्थापना भएको उक्त विद्यालयको नेतृत्व युवा राजेन्द्र कुमार भुसाललाई प्रदान गरिएको हो । राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटी सचिवालय सदस्य तथा वडा नं. १० ईन्चार्ज समेत रहनुभएका युवा समाजसेवी भुसाललाई नेतृत्व प्रदान गरेसंगै युवाहरु उत्साहित बनेका छन् । भुसाल सहित ८ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
सोहि वडाका वडाध्यक्ष यम प्रसाद पोख्रेल, वडा सदस्य राम शंकर थारु अन्य अभिभावक, समाजसेवी लगायतले जिम्मेवारी प्रदान गर्दै विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी युवालाई दिन पाउँदा खुसी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।
त्यस्तै राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु जिल्ला संयोजक कमल क्षेत्रीले विद्यालयको नेतृत्व युवाले पाउँदा गर्वको महशुस भएको बताउँदै बधाई तथा सफल कार्यकालको शुभकमना दिनुभयो । उहाँले यसैगरि विद्यालय, शैक्षिक संस्था, अन्य संघ संस्थाको नेतृत्व युवाहरुले पाउन आवश्यक रहेको बताउँदै जनप्रतिनिधि समेत युवाहरु हुनुपर्नेमा जोड दिनुभयो । उमेरले मात्र युवा नभई युवाहरुमा नेतृत्व गर्न सक्ने क्षमतामा समेत विकास हुन आवश्यक रहेको बताउनुभयो ।
यता नवनिर्वाचित अध्यक्ष भुसालले अध्यक्षको जिम्मेवारी प्रदान गर्न सहयोग गर्ने सम्पुर्णमा आभार व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




















