
हरि आचार्य, कपिलवस्तु
सबै जनताले शुद्ध खानेपानी पाउनु पर्ने हक भएको प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । वाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना गरेको चार्डपर्व शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका संसाद अधिकारीले बाणगंगा खानेपानी जनतामा शुद्ध खानेपानि वितरण गरी नगरमै राम्रो बनेको बताउँदै पछिल्लो समय पानीका मुहान सुक्दै जानु अहिलेको जटिल अबस्था भएकाले यस तर्फ विशेष ध्यान दिनुपर्ने बताउनु भयो । साथै उहाँले चार्डपर्वले सबैमा एकता सद्भाव कायम गरोस् भन्दै शुभकामना दिनु भयो ।
लुम्विनि प्रदेश सभा सदस्य विष्णु पन्थीले अहिले देशमा बिभिन्न समस्या एक पछि अर्काे आउनुको कारण पुँजीगत रुपमा विकासमा बजेट खर्च नहुनु रहेको बताउनु भयो ।
प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले सबैले मिलेर मात्रै विकास निर्माण गर्ने सकिने बताउनु भयो । उहाँले जनताको प्रत्यक्ष जिवनसंग खानेपानी जोडिएकाले शुद्ध खानेपानी वितरण तर्फ समितिले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले नगरमा अहिले बाणगंगा खानेपानी समितिले क्रियाशिल रहेर काम गरेको बताउनु भयो । नगरमा ६० प्रतिशत उपभोक्तामा खानेपानी वितरण भएको बताउदै अबको करवि ५ वर्ष भित्रमा ७६ प्रतिशत उपभोक्तालाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्य नगरको रहेको बताउनु भयो ।
वडा नम्बर २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलले वडा कार्यालय सबै उपभोक्तामा शुद्ध खानेपानी उपलब्ध गराउने योजना अनुसार काम गरिरहेको बताउनु भयो ।
राष्टिय प्रजातन्त्र पार्टिका नेता हरि घिमिरे, मनकामना सामुदायिक वनका अध्यक्ष मुक्त बहादुर कार्की, खानेपानी उपभोक्ता महसंघका जिल्ला अध्यक्ष राजेन्द्र विक्रम शाहा, कैलाशधाम आश्रामका पे्रम नारायण घिमिरे, संस्थाका सल्लाहकार कविराज ज्ञवाली, मधौलिया खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खडानन्द गौतम, समाजसेवी जगतराज रेग्मी मनकामना संस्कृत गुरुकुलका कृष्ण पोख्रेल लगायतले बोल्दै सरसफाइ र पानी विना मानिस बाच्न नसक्ने हुदा यसमा सबैले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष वाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष विश्व कार्कीले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले उपभोक्तालाई शुद्ध खानेपानी वितरणका लागि समिति दत्तचित्त भएर लागेको बताउँदै कुनै समस्या भएर समितिलाई जानकारी गराउन उपभोक्तालाई अनुरोध गर्नुभयो । उहााँले समितिले गरेका क्रियाकलापको जानकारी गराउँदै आगामी योजनाको बारेमा स्पष्ट पार्नुभयो ।
अध्यक्ष कार्कीको अध्यक्षता, उपाध्यक्ष हर्क बहादुर कार्कीको स्वागत तथा सचिव हिरालाल अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ ।

