
तिलोत्तमा चेम्बर अफ कमर्सको आयोजनामा ब्यबसायीहरुलाई कर शिक्षा प्रदान गरिएको छ । १२ औ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८० को अवशरमा करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कायृक्रमममा बोल्दै चेम्बर अफ कमर्स लुम्बिनीका महासचिव जे पि कडेलले सरकारले ल्याएका कर सम्बन्धी नितिका कारण अलमल र समस्यामा परेको बताउनु भयो । उहाले उद्योगी ब्यबसायी अझैपनी कर र राजस्वका बिभिन्न बिषयमा अनबिज्ञ रहेको भन्दै प्रशिक्षण फलदायी हुने बताउनु भयो । तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुषालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवा रुपन्देहीका कर अधिकृत सुसिल लम्सालले करको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको संन्चालन तिलोत्तमा चेम्बर अफ कमर्सका सचिव मान बहादुर बर्माको संन्चालनमा सम्पन्न भएको थियो ।

