बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, बुटवल
बुटवलमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

रुपन्देहीको बेलवास बेथरी सडक खण्डअन्तर्गत बुटवल–११ नहरपुरमा लु १ च ७०२४ नम्बरको जिप र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बुटवल–११ का ४५ वर्षीय सालिकराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले दुर्घटनाबाट गम्भीर घाइते खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक बुटवल–११ देविनगरका शेखर पोखरेको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०८० मंसिर ८, शुक्रबार १९:१२