हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट लागु औषध सहित २ जना पक्राउ परेका छन् । बुधवार कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ३ कर्महना स्थित ४ नं.जितपुर–तौलिहवा सडक खण्डमा चल्ने सवारी चेकजाँचको क्रममा लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
पक्राउ पर्नेमा वाणगंगा नगरपालिका वडा नं. १ बस्ने वर्ष अन्दाजी बर्ष ३० को विजय राईले चलाएको लु १८ प ५५०८ नम्बरको मोटरसाईकल रोकी चेकजाँचको क्रममा सोहि मोटरसाईकल पछाडि सवार वडा नम्बर २ बस्ने वर्ष अन्दाजी ३४ को दिनेश घिमिरेको साथबाट लागु औषध (ब्राउन सुगर) जस्तो पदार्थ फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल जंग रायमाझीले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
उनीहरुलाई कानुन बमोजिम पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप भई हिरासतमा राखिएको र थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालयको प्रमुखमा प्रहरी निरिक्षक रायमाझी आएसंगै लागु औषध सेवनकर्ता र ओसापोसार गर्ने व्यक्तिहरु धमाधम पक्राउ परिरहेका छन् ।