
प्रकाश गौतम
जनहीत स्वालम्बन बचत तथा ऋण सहकारी सस्थां लि तिलोत्तमा ११ कालिकास्थानको २५औ बार्षिक साधारण सभा तथा रजत महोत्सव सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष भास्कर गौतमको अध्यक्षता तथा सचिव राम बहादुर मल्लको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै तिलोत्तमा ११का वडां अध्यक्ष बिस्णु बरालले अहिले सबै क्षेत्रको आर्थिक अबस्था बिग्रदै भएको भन्दैै त्यसको असर सहकारी क्षेत्रमा रहेको बताउनु भयो । उहाँले राज्यको सहि सोच र ब्यबाहार सहकारीमा हुन नसकेका कारण सहकारीक्षेत्र धरासायी भएको बताउनु भयो ।
साधारण सभाका अवशरमा RSDC का प्रमुख राम प्रसाद पन्थीले सहकारीलाई समय सापेक्ष बनाउनु पर्ने बताउर्दै उदेस्य अनुसार लगानी गर्न अग्राह गर्नु भयो । राष्ट्रिय सहकारी बैङ्कका प्रमुख बासुदेब कोइराला र तिलोत्तमा नगरपलीका कार्यपालिका सदस्य राधा शाहीले ग्रामीण होस या सहर सहकारीले आय आर्जन र जिबिको पार्सनका लागी भुमीका निर्वाह गरेको बताउनु भयो ।
कार्यक्रमा गोकुल दुग्घ उत्पादक सहकारी संस्थाका अध्यक्ष हरि प्रसाद काफ्ले, पर्रिाचित बचत तथा ऋण सहकारीका चित्र बहादुर बोहरा र कालिका कृर्षि सहकारीका अध्यक्ष प्रकाश गौतम लगायतले बोल्दै देशको आर्थिक अवस्थाका कारण सहकारीहरु समस्यामा परेको भन्दै अब सहकारी बिच समन्वय हुनुपर्ने बताउनु भयो ।
सहकारीको २५औ स्थापना दिवस तथा रजत महोत्सवका अबशारमा सहकारीका सस्थापक सदस्य, सहकारीमा योगदान गर्ने व्याक्ती, कर्मचारी तथा महोत्सवका अवशरमा सम्पन्न भएका प्रतियोगीतका बिजयीहरुलाई सम्मन तथा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा जनहीत स्वालम्बन बचत तथा ऋण सहकारीका अध्यक्ष भास्कर गौतमले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा सहकारीका सदस्य रित बहादुर गुरुङ्गले स्वागत गर्नु भएको थियो

