अपांगता भएका व्यक्तिको हौसला बढाउन आवश्यक : मन्त्री गुप्ता

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता (सिके) ले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउन आवश्यक रहेको बताउनु भएको छ । मन्त्री गुप्ताले अपाङ्गता भएका नागरिकहरु संग विभिन्न खालका क्षमता हुने गरेको बताउदै क्षमताको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

३२ औं अन्तरास्ट्रिय अपाङ्गता दिवसको अवसरमा कपिलवस्तुको चारनम्बरमा भएको प्रदेश तथा स्थानिय सरोकारवालाहरु सङ्गको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अपांगता भएका नागरिकहरुलाई प्रदेश सरकारले जुनसुकै क्षेत्रमा पनि पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारले अपांगता भएका नागरिकको क्षमता वृद्धि गर्नको लागि विभिन्न खालका कार्यक्रमहरु ल्याएको स्मरण गर्दै त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले अपांगता भएका नागरिकको पहुँच वृद्धि गर्नको लागि बाणगंगा नगरपालिकाले विभिन्न योजना र कार्यक्रमहरु ल्याउने बताउनुभयो । समाजमा अझैपनि अपांगता भएका नागरिकहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्नु दुखद रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका निर्वतमान अध्यक्ष मित्रलाल शर्माले अपांग भएका व्यक्तिहरुलाई क्षमता अनुसारको अवसरको आवश्यकता भएको औल्याउनु भयो । अपांगता भएका व्यक्तिहरुको लागि राज्यले नितिगत रुपमा ठोस योजना बनाउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा अपांग महासंघका लुम्विनी प्रदेश अध्यक्ष होमराज अधिकारीले अपांगता भएकाहरुलाई दयाको पात्र नबनाइ अवसर र रोजगारी दिनु पर्ने बताउनु भयो । अधिकारीले हरेक अपाङ्गता नागरिकको उत्थानको निम्ति दिवसको दिन मात्र कार्यक्रम गरेर नपुग्ने भएकाले सबैले बुलन्द आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

यता कार्यक्रममा उपस्थित अपाङ्गता भएका नागरिकहरुले अपाङ्ग भएकै कारण अफुहरुले भोग्नुपरेका समस्या र गुनासाहरु उठान गरेका थिए । अपाङ्गता भएका नागरिकहरुको विषयमा सरकारले भनेजति कुनैपनि क्षेत्रमा कार्यान्वय हुन नसकेको भन्दै उनीहरले दुखेसो व्यक्त गरेका थिए । सवारी साधनमा अपाङ्ग सिट भनेपनि आफुहरुले नपाएको, सरकारी तथा अन्य कार्यालयमा काम गनृ जाँदा आफुहरु अनय नागरिक सरह लाईनमा खटिनुपर्ने, सरकारी जागिरको लागि भएका समस्या लगायतका समस्या समाधान गर्न उनीहरुले आग्रह गरेका थिए ।

त्यस्तै नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाइ, नेपाल पत्रकार महासंघकी निवर्तमान उपाध्यक्ष पार्वती पाण्डे लगायतले बोल्दै अपाङ्ग नागरिकलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख राम करण पाल, बाणगंगा नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुसिला पन्त लगायत पत्रकार विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेस तथा अपाङ्ग उत्थान समाज, कपिलवस्तुको आयोजनामा भएको कार्यक्रममा जिल्लाका अपांगता भएका नागरिकहको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन लुम्विनी प्रदेश सचिव सन्तोष पन्थीले गर्नु भएकोे थियो ।


प्रकाशित : २०८० मंसिर १७, आईतवार १९:१०