
लुदअ, कपिलवस्तु
प्रतिनिधि सभा सदस्य तथा नेपाली कागं्रेसका महा–मन्त्री गगन कुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागि नेपालको बजेटले नपुगिरहेको अवस्थामा व्यक्तिहको लगानिलाई परिचालित गर्ने क्रममा समुदायको उचित सहभागिता गराउनमा चुकेको बताउनुभएको छ । आज बाणगंगाको कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै यस्ता बताउनुभएको हो ।
सरकारले चलाएका स्वास्थ्यले मात्र नागरिकहरुको उपचार गर्न नपुग्ने भन्दै यस्ता सामुदायिक स्वास्थ्य संस्थाको महत्वपुर्ण भुमिका रहेको उहाँले बताउनुभयो । सरकारले सामुदायिक स्वास्थ्य संस्था र अन्य संस्थाको लागि पुंजिगत खर्च दिए पनि चालु खर्च नदिदा समस्या भैरहेको उहाँले स्विकार गर्नुभयो ।
पुर्व स्वास्थय मन्त्री समेत रहनुभएका थापाले अस्पतालले बिरामी आउछन र उपचार गरौँला भन्ने सोचाई त्यागेर नागरिकको स्वास्थ्य विग्रन नदिन गाउँ टोल भित्र पुग्नुपर्ने बताउनुभयो । बिरामी भएर उपचार गर्नुभन्दा नागरिकलाई बिरामी हुन नै नदिन प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै उहाँले कपिलवस्तु सामुदायिक अस्पतालको सेवा वृद्धि र व्यवस्थापनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
अस्पताल व्यबस्थापन समितिका अध्यक्ष अध्यक्ष, कर्मचारी लगायतले अस्पतालको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

