एम्बुलेन्स चालक संघ कपिलवस्तुले जलनको प्राथमिक उपचार तालिम प्रदान गर्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुको आयोजनामा १ दिने जलनको प्राथमिक उपचार तालिम हुने भएको छ । देश भरका सम्पुर्ण एम्बुलेन्स चालक मजदुरहरु एकजुट होऔं भन्ने मुल नाराका साथ क्रियाशिल संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला शाखा कपिलवस्तुको आयोजनामा यहि मंसिर २१ गते विहिवारका दिन कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहल चारनम्बरमा विहान ९ बजे उक्त १ दिने जलनको प्राथमिक उपचार तालिम हुने भएको संघका जिल्ला अध्यक्ष कमल घिमिरेले जानकारी दिनुभएको छ ।

       

अध्यक्ष घिमिरेले फेक्ट नेपाल र कीर्तिपुर अस्पताल काठमाण्डौको प्राविधिक सहयोग रहेको उक्त तालिममा विशेष गरि आगलागी, ग्यास विस्फोट, विद्युत सर्ट, पेट्रोलियम पदार्थ लगायत विभिन्न माध्यमबाट शरिरमा पोलेको अवस्थामा अस्पतालमा नपुग्दा सम्म तत्कालको जोखिमबाट बच्नका लागि के गर्न सकिन्छ भन्ने महत्वपुर्ण जानकारी यस तालिमबाट हुने बताउँनुभयो ।

उहाँले देशभरि नै जलनको उपचार सम्बन्धी तालिमहरु आयोजना भए पनि प्राथमिक उपचार सम्बन्धी तालिम नौलो भएको दावि गर्नुभयो । उहाँले ग्यास विस्फोट भई उपचार पश्चात निको हुनुभएको प्रतिनिधि सभा सांसद डा.चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा हुने जानकारी गराउनुभएको छ ।

त्यस्तै तालिमको प्रमुख प्रशिक्षकको रुपमा किर्तिपुर अस्पताल काठमाण्डौमा कार्यरत बरिष्ठ प्लास्टिक सर्जरी प्रोफेशर डा. शंकरमान राई आउनुहुने भएको हुंदा तालिम निकै फलदायी हुने विश्वास व्यक्त गर्दै विहान ९ बजे तामिमा सहभागी हुने अनुरोध गर्नुभयो ।


प्रकाशित : २०८० मंसिर १९, मंगलवार १८:०५