ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

१४ औं कपिलवस्तु महोत्सवको आज उद्घाटन हुंदै, कपिलवस्तु वासीको साझा पर्व

Lumbini Darpan 2 २०८० मंसिर २१, बिहीबार ६:११

लुदअ, कपिलवस्तु

चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू भन्ने बुझिन्छ । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचल तथा प्रथाहरूलाई बुझिन्छ ।

मेला मेहोत्सवको सिजन भएकाले पनि देशका विभिन्न स्थानहरुमा मेला महोत्सवको आयोजना गरिएका छन् । मेला महोत्सवहरु कुनै स्थानमा सम्पन्न भएका छन, कुनै स्थानमा जारी छन्, कुनै स्थानमा  आयोजनाको तयारी गरिदै छ ।  यसै बीचमा कपिलवस्तुमा वि.सं. २०६५ बाट सुरु भएको कपिलवस्तु महोत्सवको यो पटकको सँस्करण १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी– २०८० को सुरुवात हुँदैछ । पाँचौ कपिलवस्तु महोत्सव, ७ औं, ९ औं, ११ औं र हालको १४ औं कपिलवस्तु महोत्सव सफल रुपमा सञ्चालन गरेको बाणगंगा वेयलफेयर सोसाइटीले गरेको छ । महोत्सवमा सर्वसाधारणको उपस्थिति उत्साहजनक रहने आयोजकले अपेक्षा गरेका छन् । विगतमा सफल भएका महोत्सवलाई आधार मानी महोत्सवमा सर्वसाधारणको बाक्लो उपस्थिति रहने आयोजकले अपेक्षा गरेका हुन ।

देशमा सिर्जना भएको आर्थिक मन्दीका कारण तनावमा रहेका आम नागरिकले महोत्सवमा आयोजना गरिएका सांगीतिक कार्यक्रमबाट आफूलाई तनावमुक्त गराउने अवसर पाउने छन् । आर्थिक मन्दीको अवस्थामा पनि कलाकारहरुले स्टेश पाएसँगै केही राहतको महसुस गर्नेछन् ।  आर्थिक मन्दीको मारमा परेका उद्योगी व्यवसायी तंग्रिन बल पुग्ने छ ।

वेयलफेयर सोसाइटीले यही मंसिर २१ देखि पुष १ गतेसम्म ११ दिन आयोजना गर्ने मेलामा कपिलवस्तु लगायतका छिमेकी जिल्लाका सर्वसाधारणहरुको जमघट रहने छ । विगतमा कोभिड महामारीका कारण करिब मेला महोत्सव रोकिएका थिए । कोभिडपछि तग्रिन लागेको अर्थतन्त्र थलिन लागेको यस क्षेत्रको अर्थतन्त्रलाई महोत्सवले मलम लगाउने छ । वर्षौंदेखि  कपिलवस्तु महोत्सवले आफ्नो बग्लै पहिचान बनाउन सफल भएको छ । महोत्सवले  आन्तरिक पर्यटकको आगामन समेत उल्लेख्य बढाउने छ । कतिपयले भन्ने गर्छन् महोत्सवको लहर नै चल्न थालेको अवस्थामा महोत्सवमा नजाने व्यक्तिले आफूलाई नुन विनाको तरकारी जस्तो महसुस गर्दछन् ।

१४ औं कपिलवस्तु महोत्सवले स्वदेशी उत्पादनलाई बजारमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने छ । महोत्सवले स्थानीय पर्यटकीय तथा आर्थिक गतिविधि चलायमान बनाउने र स्थानीय उत्पादन प्रदर्शनीले आर्थिक कारोबार बढ्ने । बजार नपाएका स्थानीय मौलिक उत्पादन र परिकारहरूले बजार पाउने छन् । मेलामा लोक संस्कृति र साँस्कृतिक झाँकीहरू प्रस्तुत  हुनेछन् स्थानीय संस्कृतिको प्रचारप्रसार र जगेर्नामा बल पुग्दछ ।

१४ औं कपिलवस्तु महोत्सव मेला महोत्सव पर्वका रूपमा स्थापित हुँदै गएका छन् । मनोरञ्जन लिन होस वा खरिद गर्न मेला महोत्सवको चलन बढ्दो छ । कपिलवस्तु महोत्सवले पनि नेपाली अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । महोत्सवमा हुने १२ औं कपिलवस्तु डान्स आइडलले  क्षमता भएर पनि लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन भूमिका खेल्ने छ । खासगरी स्थापित भएका अधिकांश लोक दोहोरी गायक गायिका मेला महोत्सवबाटै उत्पादित भएका हुन । लोक संस्कृतिको जगेर्ना गर्न मेलाहरूको भूमिका प्रशंसनीय छ । दोहोरी गीत, नृत्य, मौलिक नृत्य आदि लोकप्रिय हुनुमा मेला महोत्सवको विशेष योगदान रहेको छ ।

मेला महोत्सवले युवा नेतृत्व समेत प्रदान गरेको छ । बाणगंगा वेयलफेयर सोसाइटीले नेतृत्व गरेको महोत्सवले यस क्षेत्रका युवामा पनि नेतृत्व गर्ने क्षमताको विकास भएको छ ।
महोत्सवले कृषि तथा पर्यटन प्रवद्र्धनका लागि यस्ता मेला निकै उपयोगी बनेका छन् । एकै ठाउँमा वस्तु र सेवा प्रदान हुने भएकाले महोत्सव सर्वसाधारणको आकर्षण हुने गर्दछ ।

औद्योगिक व्यापार मेला तथा प्रदर्शनी खासगरी कृषि तथा औद्योगिक वस्तुको बजार प्रवृत्तिको विश्लेषण गर्ने भरपर्दो र विश्वासिलो आधार हो ।

महोत्स्वमा उपभोक्ताले नयाँ वस्तुको लाभका बारेमा ज्ञान हासिल गर्दछन्, भने उद्योगी व्यवसायीले बजारीकरणको अवसर प्राप्त गर्दछन । पछिल्लो समय नेपालमा आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसको जस  महोत्सव र प्रदर्शनीलाई जान्छ । किनकि मेला महोत्सवकै कारण अधिकांशको घुम्ने बानीको विकास भएको छ । यस्ता मेला महोत्सवले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सघाउ पु¥याएको छ ।

मेला महोत्सवमा स्थानीय कला संस्कृतिको प्रवद्र्धन हुनु र ऐतिहासिक सभ्यता र सम्पदाको प्रचार प्रसार हुनु  अनि पर्यटकको घुइँचो लाग्नु हो । त्यसैले मेला, प्रदर्शनीलाई पर्यटनसँग जोड्नु अहिलेको आवश्यकतासँगै समयको माग पनि हो । १४ औं कपिलवस्तु महोत्सवलाई सफल पार्नु तपाईं हामी कपिलवस्तुवासीको साझा दायित्व र कतव्र्य हो ।

 


प्रकाशित : २०८० मंसिर २१, बिहीबार ६:११

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech