रुपन्देहीमा स्थानीय सरकार आएसँगै अपाङ्गमैत्री केही असल अभ्यास

[sharethis-inline-buttons]

तिलोत्तमा ।
मुलुकमा संघीयता लागू भएपनि सो अनुसार स्थानीय सरकार र त्यहाँका भौतिक संरचनाहरु अपाङ्गमैत्री बन्न नसकेको गुनासो गरेका छन् । नेत्रहिन युवा संघ रुपन्देहीले माई राईट्स सँगको सहकार्यमा विगत १ वर्षदेखि गरेका कार्यक्रम र स्थानीय सरकारसम्म पुग्दा पूर्ण रुपमा अपाङ्ग मैत्री भौतिक संरचनाहरुसँगै नीति निर्माणमा कमजोरीहरु देखिएको निष्कर्शमा पुगेको हो ।
माई राईट्स सँगको सहकार्यमा सञ्चालित परियोजना रुपन्देहीमा हालसम्म गरिएका क्रियाकलाप बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष जिवन पोख्रेलले स्थानीय सरकार आएसँगै केही असल अभ्यास पनि भएको उल्लेख गरे । परियोजना मार्फत दृष्टिविहिन विद्यार्थीहरुको लागि पिडीएफ अक्षर पढेर सहजताको लागि ओसीआर तालिम, संस्थागत कार्यक्षमता विकास तालिम, कानुनी साक्षरता, दृष्टिविहिन बाल क्लव गठनसहित पालिकामा अपाङ्गता भएका युवाहरुको पैरवीको लागि समेत कार्यक्रम गरिएको उनले बताए ।
संघले सङ्घीय संसद्मा पेश भएको विद्यालय शिक्षा विधेयकमा उल्लेखित विभिन्न प्रावधानहरूमा आवश्यक सुधार तथा परिमार्जन गर्दै अपाङ्गता भएका व्यक्तिमैत्री बनाउनको लागि पैरवी गर्दै आएको संघका कार्मचारी लक्ष्मी पाण्डेले जानकारी दिइन् ।
संघका सदस्य टिकाराम घिमिरेले विद्यालय तथा उच्च शिक्षामा दृष्टीसम्बन्धी अपाङ्गता भएका बालबालिका एवं विद्यार्थीहरूलगायत सबै किसिमका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँचको लागि छात्रवृत्ती एवं पहुँचयुक्त शैक्षिक सामाग्रीको सुनिश्चितता माग गरे । यसैगरी पहुँचयुक्त र समावेशी सिकाई वातावरण, पहुँचयुक्त सुचना, सञ्चार तथा शैक्षिक सामग्री विकास र प्रवर्द्धनको लागि गम्भिर छलफल गर्न आवश्यक रहेको बताए ।


प्रकाशित : २०८० मंसिर २२, शुक्रबार १७:३८