१४ औं कपिलवस्तु महोत्सव: आज चर्चित गायक रमेशराज भट्टराई लगायत चर्चित कलाकार आउने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी महोत्सवको नवौं दिन चर्चित आधुनिक गायक रमेशराज भट्राई, मेलिना राई लगायतका कलाकारहरुले दर्शकहरुलाई बेजोड नचाउने भएका छन ।

शुधmवार महोत्सवमा चर्चित गायक भटछ्राईसँगै चर्चित आधुनिक गायिका मेलिना राई, अभिशेक खड्का, चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, चर्चित गायिका बिष्णु श्रीपाली लगायतको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँँणले महोत्सवको आकर्षक १२ औं कपिलवस्तु डान्स आइडलका प्रतियोगीहरुको समेत बेजोड प्रस्तुती रहने बताए ।

१४ औं कपिलवस्तु महोत्सव एवम् कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी –२०८० दिनानुदिन दर्शकको रोजाई बन्दै गएको छ । दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, १२ औं कपिलवस्तु डान्स आईडल, कृषि, पर्यटनलाई प्रवद्र्धन गर्ने स्टल लगायत विभिन्न आकर्षकहरुले गर्दा महोत्सव निकै दर्शकको रोजाई बन्दै गएको हो ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाउन सफल भएको छ । महोत्सवको पुष १ गते समापन हुने बताइएको छ ।


प्रकाशित : २०८० मंसिर २९, शुक्रबार ०९:१३