
बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाबाट मलामी लिएर गएको बस गैंडाकोटमा गएराती दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । देवघाट मलामी लिएर गएको लु १ ख ८८४६ नम्बरको बस भुस बोकेको ट्रकसँग ठोक्किएको हो । दुर्घटनामा बसमा सवार रुपन्देही कञ्चन गाउँपालिका–३ का धनप्रसाद निउरे, टिकादेवी गौतम, धनपति सापकोटा, युवराज शर्मा लगायत घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते मध्ये १ जनालाई थप उपचारक लागि काठमाडौं रिफर गरिएको छ भने २ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ५ जना भने सामान्य उपचारपछि घर फिर्ता भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

