यहि पुस ७ गते खुल्ला तिलोत्तमा दौड प्रतियोगिता २०८० हुने

[sharethis-inline-buttons]

युवासँग कुद्छ तिलोत्तमाू भन्ने नारा सहित यहि पुस ७ गते खुल्ला तिलोत्तमा दौड प्रतियोगिता २०८० हुने भएको छ । तिलोत्तमा ९ को आयोजनामा यहि पुस ७ गते बिहान ८ बजे बाट तिलोत्तमाको सिमाना योगीकुटी बाट मगंलापुर सम्म दौड प्रतियोगीता गरिने आज आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष धुर्ब न्यौपाने र खेल संयोजक गोबिन्द गुरुङले जानकारी दिनु भयो

सम्मेलनमा तिलोत्तमा वडा नं ९ का अध्यक्ष ध्रुव न्यौपानेले अव नगरपालिका युवामैत्री नगर बनाउने अभियानमा लागेको बताउँदै तिलोत्तमा नगरपालिकालाई खेल क्षेत्रमा पनि अब्बल बनाउने कार्यक्रमको उद्धेश्य रहेको जानकारी दिनुभयो ।

प्रतियोगीतामा अहिले सम्म ११७ जना धावकले सहभागिता जनाइसकेको अध्यक्ष न्यौपानेले बताउनुभयो । खेल संयोजक तथा तथा वडा सदस्य गोबिन्द गुरुङले योगिकुटीबाट सुरु हुने ७ किलोमिटरको दौड प्रतियोगिता मङ्गलापुर चोकमा पुगी समापन गरिने बताउनुभयो । दौडमा पुरुषतर्फ १५ वर्षदेखि माथि ४० वर्षसम्म, ४० उमेरदेखि माथिको समूह र महिला समूह गरी तीन समूहमा सहभागी गराइने गुरुङले जानकारी दिनुभयो । वडा सदस्य कमल रेग्मि शर्माले प्रतियोगितामा सहभागि हुन सवैलाई आग्रह गर्नुभयो ।

करिब २ लाख २० हजार लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि समुहगत रुपमा ५४ हजारको पुरस्कार राशी छुटयाइएको र स्वास्थ्य समस्यालाई समाधानका लागि स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयमसेवीका परिचालन गरिने जानकारी दिनुभयो ।


प्रकाशित : २०८० पुष १, आईतवार १७:५५