
बुटवल बहुमुखी क्याम्पस शैक्षिक केन्द्रका रूपमा परिचित हुँदै ‘क’ वर्गको क्याम्पसकाे रूपमा स्थापित भएको छ । रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, स्याङ्जा, पर्वत, प्युठान, दाङलगायत जिल्लाका विद्यार्थीहरूलाई शैक्षिक अवसर पुर्याउँदै आएको छ ।
विभिन्न सङ्काय र विषयका पठनपाठन, प्राप्त नतिजा, उत्पादित जनशक्ति तथा विद्यार्थी सङ्ख्याका आधारमा यो क्याम्पस शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ । यस क्याम्पसमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत बिएस्सी. र कानुन सङ्कायमा स्नातक तथा शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन सङ्कायमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरू सञ्चालन हुँदै आएका छन् । लुम्बिनी प्रदेशको उत्कृष्ट शैक्षिक केन्द्र बुटवल बहुमुखी क्याम्पसको स्वर्ण महोत्सव पुस ४ गते भब्य समारोहकाबीच सम्पन्न भएको छ।उक्त कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरूकाे उपस्थिति रहेको थियोे ।
कार्यक्रममा विभिन्न विभागमा याेगदान गर्ने प्राध्यापक,कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान गरिएको थियोे ।सम्मान कार्यक्रम सम्मानित हुदै बुटवल बहुमुखी क्याम्पस नेपाली विभागका प्रमुख उप- प्राध्यापक डा. नारायण प्रसाद पन्थले स्नातक तहमा नेपाली विषयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले लक्ष्मीदेवी पन्थी प्रतिभा पुरस्कारका निम्ति एक लाख एघार हजार एक सय एघार रूपैयाँ रकमको अक्षय कोषको स्थापना गर्नु भएको छ।
आर्थिक अवस्था कमजोर भइ बिचैमा पढाइ छाेडेर धेरै विद्यार्थीहरू विदेश पलायन हुने अवस्था बढिरहेकाे बेलामा अक्षयकोष स्थापनाले सकारात्मक उर्जा थप्ने भन्दै त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार शिव प्रसाद भुसालले बधाई तथा आभार ब्यक्त गर्नुभयो । लामो समयदेखि सामाजिक काममा अग्रसर पन्थ विभिन्न सामाजिक संघ सस्थामा आबद्ध रहनुभएकाे छ ।