
प्रकाश गौतम
तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा ७ को आयोजनामा वडाका कृषकहरुलाई तरकारीको बिउं ,मेसिन बितरण तथा ३ दिने कृषि तालिम आज बाट सुरु भएको छ । तिलोत्तमा वडा न ७ का सदस्य गणेश भन्डारीको अध्यक्षता तथा तिलोत्तमा ७ का अध्यक्ष देबि प्र पंगेनीको प्रमुख आतिथ्यतथामा कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा बोल्दै तलोत्तमा ७ का अध्यक्ष देबि प्र पंगेनीले कृषि प्रदान मुलुक भएर पनि नेपालीहरु परनिर्भर हुन परेको भन्दै अब आफ्ना लागी आफै उत्पादन गर्ने बानीको बिकाश गर्नु पनेृ बताउनु भयो । उहाले वडामा हुने तालीम लिने तर त्यसलाइृ कायावन्यन नगर्ने परिपाटिको अन्त्य हुनुपर्ने भन्दै तालिमपछी वडाले अनुगमन गर्ने दाबि गर्नु भयो ।
तिलोत्तमा ७ का सदस्य शोभाकान्त ढकालले तालिमबाट सिकेका कुरा ब्यबाहरमा उर्तान आग्रह गर्दै कृषि क्षेत्रको बिकाशको लागी तालिम , मेसिन बितरण लगायतका काम गर्दै जाने दाबि गर्नु भयो । तिलोत्तमा ७ का कृषि सन्जाल अध्यक्ष भविश्वर पान्डेले वडामा कृषिको लागी समस्या धेरै भएपनी भनेजति काम गर्न नसकिएको बताउनु भयो ।