लुदअ, कपिलवस्तु
विश्व स्वास्थ्य संगठनले २०६६ माघ ५ गते नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गर्यो तर पनि मुलुकबाट अझै कुष्ठरोग निवारण हुन सकेको छैन। यसको पछिल्लो उदाहरण कपिलवस्तुमा आर्थिक वर्ष २०७९।०८०मा १ सय ३७ जनामा कुष्ठ रोगको संक्रमण देखिएको लाई लिन सकिन्छ। स्वाथ्य कार्यालय कपिलवस्तु र लेप्रोसि मिसन नेपालको आयोजनामा आज तौलिहवामा आयोजित कुष्ठरोग अभिमुखिकरण तथा अन्तक्र्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो।
जस अन्र्तगत कपिलवस्तुको महाराजगंज नगरपालिकामा २६ जना, शिवराज नगरपालिकामा २५ जना, विजयनगर गाउँपालिकामा २५, बुद्धभुमीमा २३, कृष्णनगरमा २१, बाणगंगामा २०, शुद्धोधनमा १५, कपिलवस्तुमा ११ यशोधरामा १ जना रहेका छन। मायादेवी गाउँपालिकामा भने कुष्ठरोग फेला परेको छैन ।
यसरि तथ्यांक हेर्दा सबैभन्दा धेरै संक्रमण महाराजगंजमा भेटिएको छ । महाराजगंजमा भेटिएका २६ कुष्ठ रोगिहरु मध्ये महिला ७ जना पुरुष १४ जना किटाणु धेरै भएका छन भने थोरै किटाणु भएका ३ महिला र २ पुरुष रहेको तथ्यांकमा उल्लेख छ। कपिवस्तु जिल्लाभर १४ वर्ष मुनिका संक्रमित बालबालिका १० जना रहेका छन। कार्यक्रममा तथ्यांक प्रस्तुत जहदी स्वास्थ्य चौकीका प्रमुख सिदार्थ काजि बज्राचार्यले गर्नु भएको थियो थियो । उहाँलाई कपिलवस्तु जिल्लामा कुष्ठ रोगको अवस्था, संक्रमणको संख्या बढदै जानुको कारण र न्युनिकरणका लागि चाल्नु पर्ने कदमका बारेमा सोधेका छौं
कार्यक्रम कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, कपिवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल, विभिन्न वडाका वडा अध्यक्षहरु र संचारकर्मीहरुको सहभागितामा सम्पन्न भएको थियो ।




















