काठमाडौं ।
नेपालका हिमाली , उच्च पहाडी तराई भेगमा बसोबास गर्ने गुरुङ समुदायको विशेष पर्व तमु ल्होसार पर्ब , यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यो पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले विशेष रुपमा मनाउने गर्दछन् । हरेक वर्ष उनीहरुले हर्षोल्लासका साथ ल्होसार पर्व मनउने गरेका छन् ।
गुरुङ्ग समुदायको नयाँ वर्ष
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो ।
वर्षभर तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । यसपटक तमु गुरुङ समुदायले ’हि–ल्हो’ बिरालो वर्ग० को बिदाइ गर्दै गिद्ध ९मि–ल्हो० को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।