देवदहमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएका छन्

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

पौष १६, देवदह ।
देवदहमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएका छन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ बर्षलाई स्वागत गरेर गुरुङ समुदायले तमु ल्होसार पर्व मनाएका हुन् । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, देवदह नगर समितिको आयोजनामा देवदहमा तमु ल्होसार २०८० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको हो ।

विरालो वर्गको बिदाई तथा ल्होसार पौषको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना सम्पर्ण रड वर्ग हिल्हे (विरालो वर्) बिदाई तम इपीचयजतू
लोप हुन थालेको कला, संस्कृति तथा भाषा संरक्षण र समुदायको पहिचानसँग जोडिएको भाषा, संस्कृति संरक्षणका लागि मिलेर लाग्नुपर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले नेपाल जातिय तथा सांस्कृतिक विविधताले सजिएको मूलुक भएकोले सबै जातजातिको भाषा, संस्कृती संरक्षण संगै जगेर्ना गर्नुपर्ने बताउनुभयो ।

उपप्रमुख विद्या लक्ष्मी गुरुङ्गले समुदायको पहिचान बोल्ने भाषा, लगाउने भेषभूषा र मनाउने चाडपर्वले झल्काउने भएकाले समय क्रमसँगै यि पहिचान हराउने अवस्थामा पुगेले भाषा संस्कृती संरक्षणको लागी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बिभिन्न संघ संस्था, राजनीतिक दल, जनप्रतिनिधिले तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, देवदह नगर समितिका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षता, उपाध्यक्ष सुवास गुरुङको स्वागत र सरि माया गुरुङ र विश्व गुरुङको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८० पुष १६, सोमबार १४:३५