ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जिल्ला समन्वय समिती कपिलवस्तुको छैठौं जिल्ला सभा सम्पन्न

Lumbini Darpan 2 २०८० पुष १८, बुधबार १८:५६

लुदअ, कपिलबस्तु
जिल्ला समन्वय समिती कपिलवस्तुको छैठौ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले पानसमा दिप बालेर सभाको उद्घाटन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उहाँले समग्र जिल्लाको बिकासको लागि सबै पालिका लाग्नु पर्ने बताए । कर्णाली प्रदेश भन्दा पनि बाल विवाह र बिभिन्न हिंसामा अगाडी भएको भन्दै उनले त्यसको न्युनीकरणका लागि साझा प्रयास आवश्यक रहेको बताए । उनले बाल बिवाह र लैगिंक हिन्सा अन्त्यका लागि रणनीति कार्ययोजना बनाउनु पर्ने बताए । उनले लैंगिक हिंसा पिडित असहाय, असक्त तथा अनाथका लागि संचालित आश्रय गृहको सहयोगलाई सहयो गर्न पालिकाहरुलाई आग्रह गरे ।

युवा नीती, जिल्ला स्तरिय बिभिन्न खेलकुदहरु, स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु जिल्लामा लागू भएको बहुउद्देश्यीय पोषण कार्यक्रम प्रभावकारी बनाउने योजना उनले प्रस्तुत गरेका थिए । यस्तै जिल्लाको साझा रुपमा रहेको छाडाचौपाया स्थायीरुपले दिगो व्यवस्थापन बालमैत्री जिल्ला घोषणा, लैगिंक हिंसा अन्त्य र युवा बिकास सम्बन्धि नीती तथा कार्यक्रम संचालन गर्ने बताए ।

वातावरण मैत्री जिल्ला बनाउन प्लाष्टिकलाई निरुत्साहित गर्ने, पूर्ण सरसफाई मुक्त जिल्ला बनाउन पहलकदमी गर्नु पर्ने बताए । सेवा प्रवाहमा एक रुपता ल्याउन स्थानियतहका प्रमुखहरुसंग नियमित बैठक गर्ने लगाएतका १७ बुँदे नितीहरु प्रस्तुत गरिएको थियो ।

त्यसैगरी सभामा जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले जिल्ला समन्वय समिती कपिलवस्तुको गत बर्षको आयव्यय र आर्थिक वर्ष ०८०÷०८१ को अनुमानित बजेट, अनुमानित आम्दानी विवरण र अनुमानित आम्दानी तथा खर्च विवरण तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समितीका पूर्व प्रमुख नारायण प्रसाद खनालले जनताले के पायो भन्ने बिषयमा प्रष्ट बोल्न नसक्नु दुखको कुरा भएको बताए । छाडाचौपाया व्यवस्थापन गर्न तीन तीन वटा पालिकाहरु मिलेर सक्रिय रुपमा लाग्न उनले आग्रह गरे ।

कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सभामा प्रस्तुत भएका नीती तथा कार्यक्रमहरु जिल्लाको बिभिन्न समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने योजना सहि रहेको बताए । जिल्लामा समस्याको रुपमा रहेको छाडाचौपाया व्यवस्थापनका लागि बनहरुसंग समन्वय भैरहेको बताउँदै छाडाचौपाया व्यवस्थापनका लागि मन्त्रालय, डिभिजन बन कार्यालय लगाएतका कार्यालयहरुमा ज्ञापन पत्र बुझाई सकिएको बताए ।

बाणगंगा नगरपालिकाले छाडाचौपाया नियन्त्रण गर्न बिभिन्न योजना बनाएर नगरका बिभिन्न स्थानहरुमा कान्जी हाउस निर्माण गरी छाडारुपमा देखिएका चौपायालाई व्यवस्थापन गरिरहेको नगर प्रमुख चक्रपाणी अर्यालले बताए ।

जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षता सुरेन्द्र प्रसाद बेल्वासेको संचालनमा भएको कार्यक्रमा समन्वयका उप प्रमुख रमेश कुर्मी लगायतको बिभिन्न सुझावहरु दिएका थिए । जिल्लाका दश स्थानियतहका प्रमुख, उप प्रमुखहरुको सहभागितामा सभा सम्पन्न गरिएको हो ।


प्रकाशित : २०८० पुष १८, बुधबार १८:५६

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech